Kathmandu Press

टी–२० विश्वकप छनोटमा नेपालले कुवेतसँग खेल्दै

भर्खरै वेस्टइन्डिजसँग टि २० सिरिज जितेर उत्साहित रहेको नेपाली टिम विश्वकप छनोटमा नेपाल विजयी सुरुआत गर्ने लक्ष्यमा छ।
टी–२० विश्वकप छनोटमा नेपालले कुवेतसँग खेल्दै

काठमाडौं, असोज २२ : टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज पहिलो खेल खेल्दै छ। 

ओमानमा हुने खेलमा नेपालले कुवेतसँग खेल्नेछ। यो खेल आज राति ८ः४५ बजे सुरु हुनेछ। भर्खरै वेस्टइन्डिजसँग टि २० सिरिज जितेर उत्साहित रहेको नेपाली टिम विश्वकप छनोटमा नेपाल विजयी सुरुआत गर्ने लक्ष्यमा छ।

टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालसहित ९ देश सहभागी छन्। ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह बीमा नेपाल र कुवेतसँगै जापान छन्।

समूह चरणबाट शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा सबै टिमले आपसमा खेल्ने छन्। त्यसमध्ये शीर्ष टिम विश्वकपका लागि छनोट हुनेछन्।

 

प्रकाशित मिति: ०९:१४ बजे, बुधबार, असोज २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्