Kathmandu Press

सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडौं, जेठ ३० : विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि  सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ।बैंकको कार्यकारी निर्देशक बोर्डले...
सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडौं, जेठ ३० : विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि  सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ।

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

Hardik ivf

बैकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद-जर्भोस व्यक्त गरे। 

काठमाडौंस्थित बैंकको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ।’ (रासस)

प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, जेठ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्