Kathmandu Press

उपत्यकामा खोप अभियानको अनुगमन 

काठमाडौं, जेठ २८ : काठमाडौँ उपत्यकामा खोप अभियान प्रभावकारी नभएको गुनासो वढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले...
उपत्यकामा खोप अभियानको अनुगमन 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २८ : काठमाडौँ उपत्यकामा खोप अभियान प्रभावकारी नभएको गुनासो वढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले शुक्रबार काठमाडौँको ग्रान्डी र अल नेपाल अस्पताल पुगेर अनुगमन गरेको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई खोप लगाउन शुरू गरिएपछि पहुँचका आधारमा अन्य उमेरका व्यक्तिलाई पनि खोप दिएको उजुरी परेपछि अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा ६० देखि ६४ वर्ष उमेर समूह बाहेकका व्यक्तिलाई खोप दिएको नपाइएको बताईएको छ । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको हो ।

तर खोप सकिएको भन्दै काठमाडौँ महानगरद्वारा खोप अभियान स्थगित गरिएको छ । उपत्यकाका अन्य नगरमा भने खोप कार्यक्रम जारी छ ।

प्रकाशित मिति: १९:५२ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्