Kathmandu Press

नयाँ सरकार गठनबारे गण्डकी प्रदेश प्रमुखको निर्णय शनिबार मात्र

गण्डकी प्रदेशमा बहुमत सांसदले वैकल्पिक सरकार गठनका लागि बुझाएको प्रस्तावबारे शनिबार मात्र निर्णय लिने प्रदेश प्रमुख सीताकुमारी पौडेलले बताएकी छन् ।
नयाँ सरकार गठनबारे गण्डकी प्रदेश प्रमुखको निर्णय शनिबार मात्र

काठमाडौं, जेठ २८ : गण्डकी प्रदेशमा बहुमत सांसदले वैकल्पिक सरकार गठनका लागि बुझाएको प्रस्तावबारे शनिबार मात्र निर्णय लिने प्रदेश प्रमुख सीताकुमारी पौडेलले बताएकी छन् ।

प्रदेश प्रमुख पौडेलले सबै प्रक्रिया र विपक्षीले बुझाएको दाबी हेरेर भोलि कदम चाल्ने बताएकी हुन् । दाबी प्रस्तुत गर्न गएका सांसदहरूलाई पौडेलले भनिन्, ‘आवश्यक परे म तपाईंहरूलाई बोलाउँछु, मैले संविधानबमोजिम नै काम गर्ने हो ।’

Hardik ivf

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धनका ३१ सांसदले सशरीर उपस्थित भएर हस्ताक्षरसहित प्रस्ताव पेश गरेका छन् ।

कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षर प्रस्तावमा छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिन नसकेपछि गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको हो ।

६० सदस्यीय प्रदेश सभामा बहमतका लागि ३१ सांसद आवश्यक हुन्छ, जुन विपक्षी गठबन्धनले जुटाएको छ ।
 

प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, जेठ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्