Kathmandu Press

तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छन् कार्यसूची

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छन् कार्यसूची

काठमाडौं, भदौ ५ : संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दै छन् । 

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

Hardik ivf

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।
 

प्रकाशित मिति: ०८:४८ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्