Kathmandu Press

नीति तथा कार्यक्रम : कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा वाग्मती प्रदेश केन्द्रित

काठमाडौं, जेठ २७ : वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।प्रदेश सभाको आजको...
नीति तथा कार्यक्रम : कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा वाग्मती प्रदेश केन्द्रित

काठमाडौं, जेठ २७ : वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रदेश सभाको आजको बैठकमा  उहाँले  प्रदेश सरकारको चौँथो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने एवम् गर्दै हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने नीति तथा कार्यक्रमको ध्येय रहेको जानकारी दिए । नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका धेरै विषयवस्तुहरु समावेश गरिएका छन्  ।

कार्यक्रममा कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न प्रदेश सरकार मातहत कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रका उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्यमा भ्रमण जानका लागि उत्प्रेरणात्मक कार्यक्रम ल्याइने , कोरोना विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन आवश्यकता अनुसार ‘प्रदेश प्रमुख कोभिड १९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने लगायतका बुँदाहरु उल्लेख छन् । कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख प्रसाईले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारको सुनिश्चितता गरी प्रदेशका बासिन्दाहरूको जीवन रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

 “कोभिड १९ लगायत महामारीजन्य रोगहरूको रोकथाम, उपचार र नियन्त्रणका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रदेशअन्तर्गत रहेका सबै अस्पताल लगायत स्वास्थ्य संस्थाको सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्था गरी प्रणालीगत सुधार गरिने छ” नीति तथा कार्यक्रममा उल्लेख छ । “प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालहरूमा पिसिआर प्रयोगशाला स्थापना गरी कोरोनाको निःशुल्क परीक्षणको व्यवस्था मिलाइने छ ।

कोरोनाका उपचारमा जनशक्तिको अभाव हुन नदिन आवश्यक चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सेवा करारमा लिने व्यवस्था मिलाइने, स्वास्थ्यकर्मीहरूको सीप र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने, कोरोनाले विद्यालय शिक्षण सिकाइमा पारेको प्रभावलाई न्यूनीकरण गर्न वैकल्पिक पद्धति मार्फत शिक्षण सिकाइलाई निरन्तरता दिइने, स्थानीय तहका ३ सय ५९ वटा सामुदायिक माध्यामिक विद्यालयहरूमा ‘एक विद्यालय एक नर्स’  कार्यक्रमअन्तर्गत परिचालित स्वास्थ्यकर्मीलाई कोरोना लगायत सरुवा रोगको रोकथाम नियन्त्रणमा सचेतना जगाउने र उपचारका लागि अस्पताल एवम् स्वास्थ्य संस्थामा समेत आवश्यकता अनुसार खटाइने उल्लेख छ । (रासस) 

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्