Kathmandu Press

प्रदेश २ सरकारको नीति कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकता

काठमाडौं, जेठ २७ : प्रदेश नम्बर २ सरकारले प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति  तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष...
प्रदेश २ सरकारको नीति कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकता
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २७ : प्रदेश नम्बर २ सरकारले प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति  तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिएको छ ।

आज प्रदेश प्रमुख राजेश झा ले प्रस्तुत गरेको नीति  तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ । संघीय सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गरी निर्यात गरेर व्यवसाय गर्ने खाले बजेटमा नै प्रस्तुत गरेपछि प्रदेश नम्बर २ को सरकारले नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिएको हो ।

नीति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा छ । जनकपुरधामको प्रादेशिक अस्पताललाई ५ सय शैय्याको अस्पतालको रुपमा विकास गरिने, ८ वटै जिल्लामा कम्तिमा एउटा स्वास्थ्य तथा आरोग्य केन्द्रको स्थापना गरिने लगायत बजेटमा उल्लेख छन् ।

प्रदेश सरकारले कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्या समाधान गर्नका लागि अध्ययन गरेर प्रदेशमै रोजगारी श्रृजना गर्ने पनि जनाएको छ । प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता पनि दिएको छ । 

प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्