Kathmandu Press

एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा रु १० हजार भत्ता

काठमाडौं, जेठ २६ : नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको...
एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा रु १० हजार भत्ता
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २६ : नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो ।

दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा पाँच हजार भत्ता पाइन्थ्यो ।

यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको पाँच हजार र टी २० प्रतियोगितामा  तीन हजार पाउनेछन् ।  खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले पाँच सय भत्ता पाउने क्यानले जनाएको छ ।

क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए । 

प्रकाशित मिति: २०:३५ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्