स्वास्थ्य सामग्री सहयोग : सबैभन्दा बढी मास्क, पन्जा र गाउन
२०७६ माघ २८ गतेदेखि २०७८ वैशाख १० गतेसम्म गाउन एक लाख २० हजार आठ सय २४ थान, पिपिई नौ हजार नौ सय ६८ थान, सर्जिकल मास्क ४९ लाख ७१ हजार हजार ६ सय ५० थान, ६ लाख १९ हजार तीन सय जोर लगायत स्वास्थ्य सामग्री सहयोग स्वरुप प्राप्त भएका छन् ।
काठमाडौं, जेठ २६ : विश्वमा कोभिड–१९ महामारी फैलिएसँगै नेपालमा स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरणको चर्चा हुन थालेको थियो।
यो महामारी नेपालमा फैलियो भने कसरी उपचार गर्ने, बिरामीलाई र स्वास्थ्यकर्मीलाई के कस्ता स्वास्थ्य सामग्री चाहिन्छ, चेकजाँच के कसरी प्रभावकारी बनाउने– सुरुमा हामीकहाँ यस्तै चिन्ता र चासो भएको थियो ।
छिमेकी मुलुक चीनले कोरोना संक्रमणलाई छोटो समयमै वशमा लिन सफल भएपछि उसको अनुभव पनि विश्वका लागि सिकाइ थियो । सुरुमा हाम्रो सरकारले स्वास्थ्य सामग्री खरिद गर्न लाग्दा अनियमितता भएका समाचार पनि बाहिरिए ।
यही अन्योल, अप्ठेरा र अनियमिताका समाचारबीच हामी पहिलो लहरको कोरोना संक्रमणबाट गुज्रियौँ । अहिले हामी दोस्रो लहरको संक्रमणसँग जुधिरहेका छौँ ।
योबीचमा हामीलाई के कति स्वास्थ्य सामग्री सहयोगका रुपमा प्राप्त भए त ?
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, २०७६ माघ २८ गतेदेखि २०७८ वैशाख १० गतेसम्म ४९ वटा स्वदेशी तथा विदेशी संघसंस्थाबाट हामीलाई सहयोग प्राप्त भएका छन् । जसमा गाउन एक लाख २० हजार आठ सय २४ थान, पिपिई नौ हजार नौ सय ६८ थान, सर्जिकल मास्क ४९ लाख ७१ हजार हजार ६ सय ५० थान, ६ लाख १९ हजार तीन सय जोर लगायत स्वास्थ्य सामग्री सहयोग स्वरुप प्राप्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता कृष्णप्रसादका अनुसार, वैशाख १० २०७८ पछिको तथ्यांक संकलन भइरहेको छ । पछिल्लो समय भेन्टिलिटर र अक्सिजन सिलिन्डरको सहयोग अलि बढेको छ ।
योसँगै हामीलाई अन्तर्राष्ट्रिय समुदायबाट एन–९५ मास्क, सर्जिकल क्याप, फेस मास्क, फ्याब्रिक मास्क, फेस सिल्ड, सुकभर, सेनिटाइजर, सर्जिकल हुड, आइआर थर्ममिटर, इयर थर्ममिटर (कानबाट जाँच्ने), बडी ब्याग लगायत ३६ प्रकारका स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध भएका छन् ।
हामीलाई स्वास्थ्य सामग्रीमा विशेषतः गाउन, सर्जिकल मास्क, पन्जा, इयर थर्मोमिटर, पिसिआर मेसिन लगायत स्वास्थ्य सामग्री छन् ।
स्वास्थ्यकर्मीलाई कस्ता सामग्री आवश्यक ?
धुलिखेल अस्पतालमा कार्यरत नर्स रोजिना गिरीका अनुसार, गाउन दुई प्रकारका हुन्छन् । एउटा धोएर लगाउन मिल्ने हुन्छ भने अर्काे ‘युज एन्ड थ्रो’ हुन्छ । कोभिड बिरामी तथा आपतकालीन सेवा केन्द्रमा युज एन्ड थ्रो गाउन प्रयोग गरिन्छ । अन्य समयमा नर्स तथा डाक्टरले धोएर पुनः प्रयोग गर्न मिल्ने गाउन लगाउँछन् । गाउन अहिले पिपिइ भित्र र बाहिर लगाइन्छ । बिरामीसँग सम्पर्क हुँदा बिरामीसँग भएका सरुवा रोगका भाइरस वा ब्याक्टेरिया नसरून् तथा शरीरमा नपरोस् भनेर गाउन लगाइन्छ ।
त्यस्तै, सर्जिकल मास्क मुखबाट तथा नाकबाट भाइरस नछिरोस् तथा स्वास्थ्यकर्मीको स्वास्थ्यमा असर नपरोस् भनेर लगाइन्छ ।
सर्जिकल मास्क र एन–९५ मास्कको काम उस्तै हो तर, एन ९५ मास्कको अलि धेरै प्रभावकारी हुने गिरी बताउँछिन् । स्वास्थ्यकर्मीले संक्रमणबाट जोगिन यी सामग्रीसँगै सेफ्टी चस्मा, पन्जा, गमबुट सुज कभर लगायतको प्रयोग गर्छन् । नेपालमा कोरोना भाइरस आउनुअघि स्वास्थ्यकर्मीले एकजोर पन्जा, मास्क, गाउन लगाएर सेवा गर्थे । अहिले संक्रमणबाट जोगिन कतिपय सामग्री दुई जोर पनि लगाइन्छ ।
केही संघसंस्थाको सहयोग विवरण
मन्त्रालयका अनुसार, १० वैशाखसम्म चीनबाट ३५ हजार ३० सेट गाउन, १६ लाख ४९ हजार सात सय ३० सर्जिकल मास्क, पाँच हजार दुई सय जोर पन्जा, ५६ हजार ८ सय ८० थान एन–९५ मास्क, २३ हजार पाँच सय थान सेफ्टी चस्मा, फेस सिल्ड सय थान, आइआर थर्मोमिटर एक हजार एक सय ३० थान, इयर थर्ममिटर (कानबाट जाँच्ने) एक सय थान, पोर्टेबल भेन्टिलेटर एक थान, पोर्टेबल पिसिआर मेसिन दुई थान, भिटिएम (प्याकिङ मेटेरियल सहित) ६० हजार थान, क्लोरोक्विन फोस्फेट चार सय थान प्राप्न भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)बाट हामीलाई वैशाख १० सम्म गाउन १७ हजार एक सय थान, सर्जिकल मास्क सात लाख ३९ हजार सात सय ५० थान, पन्जा ६४ हजार ६ सय जोर, एन–९५ मास्क १५ हजार नौ सय २५ थान, सेफ्टी चस्मा १५ हजार ६ सय ५ थान, फेस मास्क तीन हजार थान, फेस सिल्ड १५ हजार थान, आइआर थर्माेटिर ५० थान सहयोग प्राप्त भएको छ ।
कतार राजदूतावासबाट वैशाख १० सम्म गाउन १० हजार २ सय ८० थान, सर्जिकल मास्क दुई लाख ६७ हजार थान, सेफ्टी चस्मा १९ हजार ६ सय थान, फेस सिल्ड १५ हजार थान सहयोग प्राप्न भएको छ ।
युएई राजदूतावासबाट हामीलाई पन्जा दुई लाख ५० हजार जोर, सुज कभर १५ हजार सेट, सेनिटाइजर (पाँच सय एमएल) ५ हजार ९ सय ९८ थान, वयट पाइप तीन हजार चार सय ८० थान सहयोग गरेको छ ।
स्विस राजदूतावासबाट हामीलाई आरएनए एक्सट्याक्सन किट ३० हजार थान, सार्स कोभिड आरडी आरपी टेस्ट १५ हजार थान, कोभिड इजेन इभिए टेस्ट ३० हजार थान, सार्स कोभिड एनजेन टेस्ट १५ हजार थान सहयोग प्राप्त भएको छ ।
कम्बोडिया सरकारबाट हामीलाई गाउन २० हजार थान, सर्जिकल मास्क २० लाख थान, एन–९५ मास्क २० हजार, सेफ्टी चस्मा २० हजार, फ्याब्रिक मास्क एक लाख थान, फेस सिल्ड २० हजार थान, गमबुट एक हजार जोर, आइआर थर्माेमिटर पाँच सय थान, क्लोरिन पाउडर (२५ केजी कन्टेनर) पाँच सय कन्टेनर प्राप्त भएको छ ।
भारतीय राजदूतावासबाट आरएनए एक्सट्याक्सन किट ३० हजार थान सहयोग प्राप्त भएको छ ।
युएसएडबाट हामीलाई गाउन एक हजार थान, सर्जिकल क्याप दुई हजार एक सय थान, फेस मास्क ६ सय थान, फेस सिल्ड दुई हजार थान, सुज कभर एक हजार थान, ¥यापिड डाइग्नोस्टिक किट एक हजार ५ सय थान सहयोग प्राप्न भएको छ ।
अलिबाबा फाउन्डेसनबाट हामीलाई एन ९५ मास्क एक हजार पाँच सय थान, ¥यापिड डाइग्नोस्टिक किट दुई सय नौ थान सहयोग गरेको छ।
जिआइजेडबाट गाउन तीन हजार चार सय थान, सर्जिकल मास्क एक हजार थान, पन्जा ३२ हजार जोर, एन–९५ मास्क एक हजार थान, सर्जिकल क्याप एक हजार थान, सेफ्टी चस्मा एक हजार थान, फेस सिल्ड पाँच सय, सुज कभर एक हजार थान, गम बुट एक सय जोर, सेनिटाइजर (५ सय एमएल) २ सय ५० थान, सर्जिकल हुड एक हजार थान, आइआर थर्ममिटर २५ थान, सोडिएम हाइपोक्लोराइड सोलुसन एक सय थान, भिटिएम (प्याकिङ मेटेरियल सहित) ६ सय थान, र्यापिड डाइग्नोस्टिक किट ६ थान, स्वाब स्टिक १० थान, आरएन एन एक्सट्याक्सन किट पाँच हजार ३० थान, लाइफिला इज एक स्टेप आरटी पिसिआर पोलिमराइज मिक्स २३ हजार थान, सार्स कोभिड आरडी आरपी टेस्ट एक हजार नौ सय २० थान, कोभिड इजेन इभिए टेस्ट १९ हजार दुई सय थान, बाया हजार्ड ब्याग १० हजार थान सहयोग प्राप्त भएको छ ।
टिमासेक फाउन्डेसन, सिंगापुरबाट हामीलाई ¥यापिड डाइग्नोस्टिक किट ६० थान सहयोग प्राप्त गरेको छ ।
युएनएफपिएबाट हामीलाई पिपिई एक हजार दुई सय थान, पन्जा ५० हजार जोर, एन–९५ मास्क दुई हजार थान, सर्जिकल क्याप एक हजार एक सय थान, सेफ्टी चस्मा दुई हजार चार सय थान, फेस सिल्ड एक हजार एक सय थान, सुज कभर दुई हजार चार सय थान, गम बुट तीन सय जोर, सेनिटाइजर (तीन सय एमएल) ३ हजार ६ सय थान, सर्जिकल हुड दुई हजार थान, बडी ब्याग दुई हजार चार सय थान सहयोग प्राप्त भएको छ ।
युनिसेफबाट हामीलाई गाउन १७ हजार आठ सय ५९ थान, सर्जिकल मास्क २० हजार थान, एन–९५ मास्क दुई हजार थान, सेफ्टी चस्मा दुई हजार ४२ थान, फेस सिल्ड पाँच हजार थान, थर्ममिटर ५ सय थान सहयोग प्राप्त भएको छ।
एक्सनएड नेपालबाट हामीलाई पिपिई चार हजार थान सहयोग प्राप्त भएको छ भने युइसओडिसीबाट ¥यापिड डाइग्नोस्टिक किट सात सय २० थान, आरएनए एक्सट्याक्सन किट चार सय ८० थान सहयोग प्राप्त भएको छ ।
बंगलादेश दूतावासबाट दूतावासले पिपिई एक हजार थान, गाउन एक हजार थान, सेनिटाइजर (२०० एमएल) पाँच हजार थान, साइनेक्स (भुइँसफा गर्ने ५ लिटर जार) एक हजार जार सहयोग प्राप्त भएको छ।
केडिडिआई एण्ड सुमिटोमा कर्पाेटेसन अफ जापानबाट हामीलाई गाउन एक हजार थान, सर्जिकल मास्क पाँच हजार थान, सेफ्टी चस्मा एक हजार थान, फेस सिल्ड एक हजार थान सहयोग प्राप्त भएको छ ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट आरएनए एक्सट्याक्सन किट सय थान सहयोग प्राप्त भएको छ ।
वाटर एड नेपालबाट पिपिइ एक सय थान, सर्जिकल मास्क १७ हजार थान, सेफ्टी चस्मा एक सय थान, सेनिटाइजर (५०० सय एमएल) एक सय जार, सोडिएम हाइपोक्लोराइड सोलुसन २ सय ५० थान सहयोग प्राप्त भएको छ ।
सेभ द चिल्डेन नेपालबाट गाउन ३ हजार ३ सय थान, सर्जिकल मास्क दुई हजार थान, पन्जा ५७ हजार जोर, एन–९५ मास्क आठ हजार थान, सर्जिकल क्याप दुई हजार थान, सेफ्टी चस्मा एक हजार दुई सय थान, फेस सिल्ड एक हजार दुई सय थान, सुज कभर एक हजार दुई सय थान, सेनिटाइजर (५०० एमएल) दुई हजार पाँच सय, आइआर थर्ममिटर एक सय थान सहयोग प्राप्त भएको छ ।
यीसँगै वल्र्ड भिजन इन्टरनेसनल, एनएसआइ, नेपाल परिवार नियोजन संघ, फेयरमेड नेपाल, वसन्त चौधरी फाउन्डेसन नर्भिक अस्पताल, चौधरी फाउन्डेसन, गै आवासीय नेपाल संघ काठमाडौंँ, सुमि फर्मास्युटिकल प्राइभेट लिमिटेड, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज लगायत संघसंस्था तथा देशले सहयोग गरेका छन् ।
हेर्नुहोस् सूची
