Kathmandu Press

पार्टीको विधान र संविधानले दिएको सुविधा अनुसार अघि बढ्छु : देउवा   

‘पार्टीको विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना बढाउन सकिन्छ, त्यो त पाइन्छ नै भनेको नै हो नि ! मैले संविधानको कुरा गरेको हो, संविधान मान्ने कुरा गरेको हो। म के गर्छु भन्ने मेरो कुरा हो। मलाई कसैले भनेर पनि मैले गर्ने होइन,’ सभापति देउवाले भने। 
पार्टीको विधान र संविधानले दिएको सुविधा अनुसार अघि बढ्छु : देउवा   

काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले के गर्ने भन्ने कुरा अरुले भनेर नहुने बताउँदै पार्टीको विधान र संविधानले दिएको सुविधा अनुसार अघि बढ्ने बताएका छन्। 

सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति देउवाले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

‘पार्टीको विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना बढाउन सकिन्छ, त्यो त पाइन्छ नै भनेको नै हो नि ! मैले संविधानको कुरा गरेको हो, संविधान मान्ने कुरा गरेको हो। म के गर्छु भन्ने मेरो कुरा हो। मलाई कसैले भनेर पनि मैले गर्ने होइन,’ सभापति देउवाले भने। 

सभापति देउवाले आफू अप्ठेरो मान्छे रहेको भन्दै विचार गर्न पनि आग्रह गरे। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८३ असारपछि अवकाश लिन भनेपछि सभापति देउवाद्वारा यस्तो जवाफ आएको हो। 

बैठकमा देउवाले आफ्नो कार्यकाल ४ वर्षको रहेको र विधानले थप गर्न १ वर्ष र संविधानले थप ६ महिनाको समय दिएको सन्दर्भ पनि सुनाए। 

प्रकाशित मिति: १९:४९ बजे, सोमबार, असार २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्