राष्ट्रपतिद्वारा सर्वोच्चमा तीन न्यायाधीश नियुक्त
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा नियुक्त भएका हुन्।
काठमाडौं, जेठ २३ : संसदीय सुनुवाई समितिबाट अनुमोदनपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेका छन्।
न्याय परिषद्को सिफारिसका आधारमा संसदीय सुनुवाईपछि सोमबार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा नियुक्त भएका हुन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले उनीहरूलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिमसर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन्।
प्रकाशित मिति: १९:१६ बजे, सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1740145571.jpeg)