Kathmandu Press

एक सन्तान कम जन्माउँदा ५८.६ टन कार्बन उत्सर्जनमा कमी

जलवायु परिवर्तनको सामना गर्न लिइएका प्राथमिकता गलत भएको सर्वेक्षणले देखाएको छ। अधिकांश मानिसले हरित गृह प्रभावविरुद्धको प्रभावकारी ‘एक्सन’लाई कम आँक्ने गरेको पाइएको छ।भविष्यमा...
एक सन्तान कम जन्माउँदा ५८.६ टन कार्बन उत्सर्जनमा कमी
Hardik ivfHardik ivf

जलवायु परिवर्तनको सामना गर्न लिइएका प्राथमिकता गलत भएको सर्वेक्षणले देखाएको छ। अधिकांश मानिसले हरित गृह प्रभावविरुद्धको प्रभावकारी ‘एक्सन’लाई कम आँक्ने गरेको पाइएको छ।

भविष्यमा हरित गृहबाट हुने ग्यास उत्सर्जन घटाउन कम सन्तान जन्माउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको नयाँ अध्ययनको निष्कर्ष छ। फ्रान्सको बजार अनुसन्धान फर्म ‘ग्लोबल मार्केट रिसर्च एन्ड पब्लिक ओपिनियन स्पेसलिस्ट (इप्सोस) को ‘पेरिल्स अफ पर्सेप्सन सर्भे’मा जलवायु परिवर्तनविरुद्ध प्रभावकारी ‘एक्सन’बारेमा गलत धारणा व्याप्त रहेको पाइएको हो।

‘बजारमा धेरै मानिसले आफूले गर्न सक्ने सबैभन्दा प्रभावकारी कार्यलाई कम महत्त्व दिन्छन् र कम प्रभावकारी कदमलाई बढी,’ सर्वेक्षणको प्रतिवेदनमा भनिएको छ। यसबाट मानिसमा रहेको पूर्वधारणा कति गलत छ भन्ने देखिएको छ। र, त्यो वास्तविकताबाट धेरै टाढा रहेको स्पष्ट भएको छ।

प्रभाव विश्लेषण

रिसाइक्लिङबाट बर्सेनि शून्य दशमलव दुई टन कार्बन डाइअक्साइड मात्र कम हुने गर्छ। तर, एक सन्तान कम हुँदा भविष्यमा ५८ दशमलव ६ टन कार्बन उत्सर्जनको बचत हुन्छ। यसलाई नौवटा जलवायु प्रभाव कार्यहरूमा नम्बर एक ¥यांकिङ दिइएको छ। तथापि, सर्वेक्षणमा सहभागी ११ प्रतिशत मानिसले मात्र यसलाई सबैभन्दा प्रभावकारी कार्यका रूपमा छनोट गरेका थिए।

दोस्रो प्रभावकारी कार्यमा कार नहुनुलाई लिइएको छ। त्यसबाट बर्सेनि दुई दशमलव चार टन कार्बन उत्सर्जन कम हुने देखिएको छ। सर्वेक्षणमा सहभागी १७ प्रतिशत मानिसले मात्र यसलाई मुख्य तरिकाका रूपमा पहिचान गरे।

कार्बन उत्सर्जन कम गर्ने तेस्रो उत्तम तरिका ६ घण्टा वा त्यसभन्दा लामो दूरीको उडानलाई जतिसक्दो कम गर्नु हो। त्यसबाट बर्सेनि १.६ टन कार्बन उत्सर्जन हुन रोक्न सकिन्छ। सर्वेक्षणमा सहभागी २१ प्रतिशत मानिसले यसलाई कार्बन कम गर्ने अवसरका रूपमा देखे।

यस्तै, सहभागी ५९ प्रतिशत मानिसले रिसाइक्लिङलाई कार्बन उत्सर्जन कम गर्ने उत्तम तरिका भने। तर, धनी मुलुकमा बसोबास गर्ने मानिसहरूका लागि यो तरिका नौवटामध्ये सातौं स्थानमा पर्छ।

जलवायु परिवर्तन कम गर्नका लागि चौथो मुख्य कदम नवीकरणीय ऊर्जाको प्रयोग हो। पेट्रोल वा डिजेलबाट चल्ने कारलाई विद्युतीय वा हाइब्रिडमा परिणत गर्नु पाँचौँ प्रभावकारी काम देखिएको छ। यो तरिकालाई जलवायु परिवर्तनको प्रभावका शीर्ष तीन कार्यको रूपमा मानिएको थियो।

कार्बन ‘र्यां‍किङ’

जलवायु परिवर्तनमाथि व्यक्तिगत प्रभाव कम गर्ने तरिकाका ३० वटा सूची सर्वेक्षणमा दिइएको थियो। र, त्यसबाट पाँचवटा टप सूची तयार पारिएको हो।

‘कम प्याकेजिङ वस्तु खरिद गर्ने तथा कम अधिक टिकाऊ वस्तु खरिद गर्नेजस्ता कार्यहरूलाई ऊर्जा दक्षताका लागि घरहरूमा सजावटको मामिलामा कम आँक्ने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘स्थानीयस्तरमा उत्पादित खाना खानुभन्दा बोटबिरुवामा निर्भर हुँदा कार्बन उत्सर्जनमा धेरै फरक पार्न सक्छ तर सार्वजनिक अनुमानमा यो अन्य तरिकामा पर्छ।’

मौसमी विपत्तिका कारण विस्थापन

ठूलो समुद्री आँधीबेहरी, हुरी बतास र बाढीजस्ता जलवायु र मौसमसँग सम्बन्धित प्रकोपको परिणामका रूपमा विस्थापित भएका मानिसको अनुपात पनि कम अनुमान गरिएको छ। ४३ प्रतिशत मानिसले अधिक मानिस जलवायु प्रकोपको सट्टा द्वन्द्वबाट विस्थापित भएको ठान्छन्।

तर, वास्तवमा विश्वका दुई तिहाइ अर्थात् ६७ प्रतिशत मानिस सन् २०२० को पहिलो ६ महिनामा मौसम र जलवायु पतिवर्तनको प्रभावका कारण विस्थापित भएका पाइएको छ।
 
उक्त सर्वेक्षण अमेरिका, चीन, भारत, मलेसिया, अर्जेन्टिना र स्पेनसहित ३० वटा बजारमा २१ हजारभन्दा बढी वयस्कहरूमाझ गरिएको थियो।

(द प्रिन्ट डट इनबाट)
 

प्रकाशित मिति: ०६:२५ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्