Kathmandu Press

अर्जेन्टिनाले कोपा अमेरिका खेल्ने

काठमाडौं, जेठ २४ : ब्राजिलमा १३ जुनबाट सुरु हुने कोपा अमेरिकामा अर्जेन्टिनाले सहभागिता जनाउने पक्का छ। अर्जेन्टिनामा हुने भनिएको प्रतियोगिता अन्तिम समयमा कोरोनाका...
अर्जेन्टिनाले कोपा अमेरिका खेल्ने

काठमाडौं, जेठ २४ : ब्राजिलमा १३ जुनबाट सुरु हुने कोपा अमेरिकामा अर्जेन्टिनाले सहभागिता जनाउने पक्का छ। अर्जेन्टिनामा हुने भनिएको प्रतियोगिता अन्तिम समयमा कोरोनाका कारण ब्राजिलमा सारिएपछि अर्जेन्टिनाका खेलाडीहरुले त्यसको विरोध गरेका थिए।

अर्जेन्टिनाका केही खेलाडीहरुले विश्वमै कोरोनाको सबैभन्दा बढी चपेटामा परेको ब्राजिलमा प्रतियोगिता गर्नु उपयुक्त नहुने धाराणा राखेका थिए । उनीहरुले योबेला फुटबललाई भन्दा जनताका स्वास्थ्यलाई महत्व दिनु पर्ने बताएका थिए। खेलाडीको यस्तो धारणापछि अर्जेन्टिनाको कोपा अमेरिका सहभागीता अन्योलमा परेको थियो।

Hardik ivf

तर, अर्जेन्टिना फुटबल एसोसियनले सोमबार एक विज्ञप्ति निकाल्दै अर्जेन्टिनाले प्रतियोगिता खेल्ने उल्लेख गरेको छ । उनले भनेको छ, ‘अर्जेन्टिनी टिमले ब्राजिलमा कोपा अमेरिका खेल्छ, यसले इतिहासमा खेल भावनालाई झल्काउँछ।’ 

अर्जेन्टिना र कोलम्बियामा हुने भनिएको प्रतियोगिता कोरोनाको चपेटामा परेको ब्राजिलमा सारिएपछि अन्य देशका खेलाडीहरुले त्यसको विरोध गरेका छन्। आयोजक ब्राजिलकै खेलाडी पनि यसको विपक्षमा छन्। यसको विरोध गर्ने खेलाडीमा ब्राजिलका कप्तान कासिमिरोदेखि उरुग्वेका लुइस सुआरेज, इडिन्सन काभानी, अर्जेन्टिनाका सर्जियो अगुएरो, कोलम्बियाका जुआन क्वाडराडो छन्।

शनिबार भएको इक्वेडरविरुद्धको खेलपछि ब्राजिलका कप्तान कासिमिरोले कोरोना भाइरसका कारण ब्राजिलमा मृत्यु हुने संख्या बढिरहेको बेला कोपा आयोजना गर्नु उचित नहुने बताएका थिए । उनले खेलाडीहरुले देशले फुटबललाई भन्दा बढी ध्यान जनताको स्वास्थ्यलाई दिनु पर्ने बताएका थिए ।

खेलाडीसँगै प्रशिक्षक टिटेको राय पनि यस्तै छ । उनले केहीदिन अघि ब्राजिलमा आयोजनाको विरोधमा केही खेलाडी कोपा अमेरिका बहिष्कार गर्ने बताएका थिए। जुन ८ मा पाराग्वेविरुद्धको खेलपछि ब्राजिलको राष्ट्रिय टिमले आधिकारिक धारणा सार्वजनिक बताइएको छ।

प्रतियोगिता १३ जुनदेखि १० जुलाईसम्म ब्राजिलका ४ शहरका ५ रंगशालामा आायेजना हुने तालिका छ।

प्रकाशित मिति: १९:२६ बजे, सोमबार, जेठ २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्