Kathmandu Press

बलियो जोर्डनविरुद्ध भिड्दै नेपाल

काठमाडौं, जेठ २४ : विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल्ने कुवेतमा रहेको नपाली टिममले आज राति बलियो जोर्डनको सामाना गर्दै छ।...
बलियो जोर्डनविरुद्ध भिड्दै नेपाल

काठमाडौं, जेठ २४ : विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल्ने कुवेतमा रहेको नपाली टिममले आज राति बलियो जोर्डनको सामाना गर्दै छ। समूह बी अन्तर्गतको नेपाल र जोर्डनबीचको कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने सम्भावना गणीतिय हिसाबमा मात्र रहेपनि एसिया कपको अघिल्लो चरण पुग्ने सम्भावना रहेका नेपालले बलियो जोर्डनविरुद्ध जितको लक्ष्या साथ मैदान उत्रने छ। जोर्डनविरुद्ध जित निकाल्न सकेन नेपालको एसिया कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि जोर्डनविरुद्ध आफूहरुको एकमात्र लक्ष्य जित भएको बताएका छन् । तर, नेपालले जोर्डनविरु जित निकाल्न त्यति सहज भने हुने छैन । फिफा वरियतामा जोर्डन नेपालभन्दा ७६ स्थान माथि छ । फिफा वरियतामा जोर्डन ९५औं र नेपाल १७१औं स्थानमा छन्।

‘‘जोर्डन हामीभन्दा निकै बलियो टिम हो, त्यो हामीलाई थाहा छ। धेरैले हाम्रो कुनै सम्भावना देखेका छैनन । तर, फुटबलमा त्यस्तो हुँदैन। फुबटलमा विगत हेरेर हुन्न, ९० मिनेटमा कसले राम्रो खेल्छ र गोल गर्छ त्यो महत्वपूर्ण हो । हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘दुवै टोलीका लागि खेल शुन्यबाट सुरु हुने हो। जोर्डनविरुद्ध पनि हाम्रो एकमात्र लक्ष्य जित नै हुनेछ।’

प्रशिक्षक अलुमताइरीको आममनपछि हौसिएको नेपाली टिमले जोर्डनलाई कडा टक्कर दिने छ। युवा खेलाडी सम्मिलित नेपाली टिमले चाइनित ताइपेइविरुद्ध उत्कृष्ट खेल्दै २–०को जित निकालेकाले पनि जोर्डनविरुद्ध मैदान उत्रँदा नेपाली टिम आत्मविश्वासी हुने छ।

अहिलेसम्म नेपालले जोर्डनसँग तीन पटक भिडेका छन् । विश्वकप छनोटका ती तीन भेटमा नेपाल २ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको छ।

सन् २०१४ को विश्वकप छनोटअन्तर्गत २०११ मा भएको पहिलो लेगमा नेपाल जार्डनसँग उसकै मैदानमा ९–०को फराकिलो अन्तरले पराजित भएको थियो भने दशरथ रंगशलामा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो। त्यतिबेला दुवै लेग खेलका किरण चेम्जोङ र राेहित चन्द अहिले नेपाली टिमका मुख्य खेलाडी हुन्।

जोर्डन ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंकसहित नेपाल चौथो स्थानमा छ । १० अंक नै जोडेको कुवेत दोस्रो स्थानमा छ भने १५ अंकसहित अस्ट्रेलियान शीर्ष स्थानमा छ।

 

प्रकाशित मिति: १२:२० बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्