Kathmandu Press

माउन्टेन हेलिकप्टरले कोभिड विरामीका लागि चिकित्सक र उपकरण सहितको उद्दार उडान सुरु गर्‍याे

काठमाडौं, जेठ २१ : माउन्टेन हेलिकप्टरले देशभर फैलिएको कोरोनन महामारीका बेला विरामीको उपचारका लागि सहुलियतमा देशको जुनसकै क्षेत्रबाट पनि चिकित्सक र उपकरण सहितको...
माउन्टेन हेलिकप्टरले कोभिड विरामीका लागि चिकित्सक र उपकरण सहितको उद्दार उडान सुरु गर्‍याे

काठमाडौं, जेठ २१ : माउन्टेन हेलिकप्टरले देशभर फैलिएको कोरोनन महामारीका बेला विरामीको उपचारका लागि सहुलियतमा देशको जुनसकै क्षेत्रबाट पनि चिकित्सक र उपकरण सहितको उद्दार सेवा सुरु गरेको छ।
 
शुक्रबारदेखि सुरु भएको उक्त सेवा अनुसार हेलिकप्टरमा चिकित्सक र नर्स सहितको मेडिकल टिम, विरामीका लागि अत्यावश्यक स्वास्थ्य उपकरण लगायतका सुविधा राखिएको छ । माउन्टेन हेलिकप्टरले अहिलेको कोरोनाका महामारीका बेला सहुलियतमा विरामीलाई अस्पतालसम्म पुर्‍याउन भेन्टिलेटर सहितको उद्दार उडान सुरु गरेको जनाएको छ।


 
'हामीले स्वास्थ्य उपकरण लगायतका अत्यावश्यक समान आयत गरेर तयारी गर्दा केही समय ढिला हुन गयो तर पनि अझै दोस्रो लहरको विचको अवस्थामा भएकाले विरामीलाई थप सेवा होस् भनेर उद्दार उडान सुरु गरेका हौ,' माउन्टेन हेलिकप्टर प्रालिका महाप्रवन्धक दिलबहादुर ओलीले काठमाडौं प्रेससँग भने, 'हामी नेपालभरका जुनसुकै पनि क्षेत्रबाट चिकित्सक र उपकरण सहित कोभिड ट्रान्सफरका लागि चाहिने बबल इन्क्युबेटर सहित जुनसुकै पनि अस्पतालसम्म पुर्‍याउनेगरी सेवा सुरु गरेका छौ ।'

Hardik ivf

माउन्टेनले उक्त कोभिड उद्दार सेवाका लागि डेडिकेटेड टिम र हेलिकप्टर २४ सै घण्टा तयारी अवस्थामा रहेको पनि जनाएको छ। माउन्टेन हेलिकप्टरले कसैलाई हेलिकप्टर ट्रन्फर चाहिएमा फोन नम्वर ९८०१०६२०८७ र ९८५८०२२८७० मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। 


 

प्रकाशित मिति: २०:५७ बजे, शुक्रबार, जेठ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्