Kathmandu Press

अञ्जन र नवयुगकाे गाेलमा चाइनिज ताइपेइविरुद्ध नेपालको सहज जित

अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेपछि बिहीबार राति कुवेतस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २–०ले पराजित गरेको हो।
अञ्जन र नवयुगकाे गाेलमा चाइनिज ताइपेइविरुद्ध नेपालको सहज जित

काठमाडाैं, जेठ २० : विश्वकप र एसिया कप छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेइविरुद्ध सहज जित निकालेको छ। बिहीबार राति कुवेतस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २–०ले पराजित गरेको हो।

चाइनिज ताइपेइविरुद्ध नेपाललाई जित दिलाउन अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। नेपलले दुवै हाफमा समान १ गोल गरेको थियो ।

Hardik ivf

खेलको चौथो मिनेटमै अञ्जन विष्टको गोलमा नेपलले सुरुआती अग्रता लिएको थियो। उनले सन्तोष तामाङको फ्रिकिकमा ताइपेइका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

त्यसपछि ८२ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले सुमन अर्यालको क्रममा ट्यापइन गर्दै गोल गरेका थिए।

यो जितसँगै नेपाललको एसिया कप छनोट अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। विश्वपक छनोटको अघिल्लो चरण पुग्ने नेपालको सम्भावना गणीतिय सम्भावना मात्र बाँकी छ।

अस्ट्रेलिया, जोर्डन, कुवेत, चाइनिज ताइपेइ रहेको छनोटको समूह बीमा दोस्रो जित निकालेको नेपाल ६ अकसहित चौथो स्थानमा छ। यसअिघ नेपालले चाइपेइलाई उसकै मैदानमा २–०ले नै हराएको थियो। १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका कुवेत र जोर्डनका समान २० अंक छ। ताइपेइ भने अंकबिहीन रहँदै पुछारमा छ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो नेपालको लागि पहिलो जित हो। उनको यो नेपालका लािग दोस्रो खेल हो।

अब नेपालले ७ जुनमा जोर्डन र ११ जुनमा अस्ट्रेलियासँग खेल्ने छ।

प्रकाशित मिति: ००:०५ बजे, शुक्रबार, जेठ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्