Kathmandu Press

चीन र युरोपेली संसद्‍बीच लगानी सम्झौताको रस्साकस्सी

युरोपेली संसद्ले हालै भारी बहुमतका साथ ईयू–चीन कम्प्रिहेन्सिभ एग्रिमेन्ट अन इन्भेस्टमेन्ट (सीएआई) सम्बन्धी छलफल रोक्ने प्रस्ताव पारित गर्यो‍। तथापि, सोही प्रस्ताव सीएआईको अन्तिम...
चीन र युरोपेली संसद्‍बीच लगानी सम्झौताको रस्साकस्सी
Hardik ivfHardik ivf

युरोपेली संसद्ले हालै भारी बहुमतका साथ ईयू–चीन कम्प्रिहेन्सिभ एग्रिमेन्ट अन इन्भेस्टमेन्ट (सीएआई) सम्बन्धी छलफल रोक्ने प्रस्ताव पारित गर्यो‍। तथापि, सोही प्रस्ताव सीएआईको अन्तिम खुड्किलो होइन। त्यसको अर्थ हो– उक्त प्रस्ताव पारित हुन तत्कालका लागि रोकिनु। र, यो सम्झौतालाई प्रभावित गर्ने प्रारम्भिक कदम हो।

अनुमोदन प्रक्रिया पुनः सुरु गर्न युरोपेली संसदले तेस्र्याएका शर्तहरू कठिन र अहंकारपूर्ण छन्। चीनले लगाएका प्रतिबन्धहरू हटाएमा मात्र सीएआईमा हस्ताक्षर हुन सक्ने युरोपेली संसद्को माग छ। तथापि, चीनले लगाएका ती प्रतिबन्ध चिनियाँ अधिकारी र निकायमाथि युरोपेली संघले लगाएको प्रतिबन्धविरुद्ध थिए।

युरोपेली संघ संसद्को दबाबमा आएर चीनले ती प्रतिबन्ध कुनै पनि हालतमा हटाउने छैन। युरोपेली संसदले उक्त प्रस्तावमा सीएआई वरिपरिको बहसलाई मानव अधिकारको संरक्षणमा सुधार ल्याउनका लागि उपयोग गर्न’ आग्रह गरेको बताएको छ। यस्तो अभिप्राय वा धारणाको चीनले विरोध र तिरष्कार गर्नेछ।

चीन र युरोपेली संघलाई सीएआईको विषयमा वार्ता वा छलफल अत्त्य गर्न सात वर्ष लाग्यो। दुवै पक्ष सहमतिमा पुगेपछि युरोपेली संसदले अवरोध खडा गर्यो‍। यो युरोपेली संघको एक त्रुटि हो। यो पूर्ण रूपमा नियमको पालना गर्न असक्षम छ। एक आर्थिक साझेदारको रूपमा युरोपेली संघले राजनीतिक विचारका कारण समस्या उत्पन्न गर्न सक्ने देखिएको छ।

सीएआई यस्तो पारस्परिक सहकार्यको ढाँचा हो, जुन चीनप्रति एकतर्फी लाभका दृष्टिबाट नभई बहुपक्षीय फाइदाको कोणबाट निर्देशित छ। त्यसैले चीनले सीएआई सम्झौताका लागि सकेसम्म ज्यादा सहुलियत दिने चेष्टा गरेको छ।

ठूलो संख्याका युरोपेली कम्पनीहरूको अपेक्षा छ– सीएआई सहज तरिकाले कार्यान्वयनमा आओस्। युरोपेली संसदले भने ती कम्पनीको आशा र आकांक्षामाथि प्रहार गरेको छ। युरोपेली संसदले अनावश्यक रूपमा ‘हार्ड लाइनर’ देखिएको छ। चीनले एकतर्फी लाभ हेर्दै चाँडोभन्दा चाँडो सीएआई पारित गर्न उद्यत रहेको युरोपेली संसद्को दाबी रहने गरेको छ। तर, त्यो युरोपेली मुलुकहरूका नागरिकलाई भ्रमजालमा पार्नेबाहेक अरू केही होइन।

युरोपेली संसदबाहेक चीन, अन्य ईयू संगठन र धेरै युरोपेली मुलुक सीएआई लागू होस् भन्ने चाहन्छन्। तर, युरोपको राजनीतिक वातावरण अशान्त छ, जसमा अमेरिकाको ठूलो भूमिका र प्रभाव देखिन्छ। युरोपमा चीनविरुद्ध दम्भी सोच बोक्ने समूहहरू छन्, जसले ईयू र चीनबीच शत्रुतापूर्ण सम्बन्धको वकालत गर्छन्। तर, त्यस्तो सोचले युरोपेली मुलुकका नागरिकको हितलाई असर पार्दै आएको छ।

तर, चीन शान्त छ। एकातर्फ हामी आफ्ना सिद्धान्तमा अडिग रहनु आवश्यक छ। अर्कोतर्फ हामीले युरोपमा विवेकशील शक्तिसँगको सहयोग र अन्तक्र्रियालाई घनिभूत बनाउन र दुवै पक्षबीच आर्थिक र व्यापारिक सहयोगको विस्तारमा जोड दिनु पर्छ। जबसम्म धेरै युरोपेलीले चीनसँगको सहकार्यको फाइदा महसुस गर्छन्, त्यसबेलासम्म युरोपेली संसद्ले ईयूको विवेशील शक्तिलाई गुमाउनेछ।

आखिर सीएआई ईयूको समग्र हितमा छ। अमेरिकाले मानव अधिकारसम्बन्धी मुद्दामा चीन र पश्चिमा मुलुकबीच मतभेद सिर्जना गराएको छ। र, सिन्जियाङ मुद्दालाई दुई पक्षबीचको झडपमा परिणत गराएको छ। चीनको उदयलाई नियन्त्रण गर्न र आफ्नै नेतृत्ववादी रवैयालाई कायम राख्ने वासिङ्टनको महत्त्वाकांक्षा देखिन्छ। अमेरिकाकै तालमा ताल मिलाउँदै गर्दा ईयूले चीनसँगको सबैभन्दा महत्त्वपूर्ण आर्थिक सहयोग सम्झौतालाई नष्ट पारिरहेको छ। र, ईयू अमेरिकाको लक्ष्य वा स्वार्थका लागि आफ्नो हितविरुद्ध बलिवेदीमा चढिरहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासन अहिले ‘मानवअधिकार कूटनीति’ मा व्यस्त छ। यसप्रकार अमेरिकाले युरोपको अधिकतम परिचालन गर्न सक्छ र चीनसँगको द्वन्द्वमा यसलाई धकेल्न सक्छ। यदि चीन–ईयू लगानी सम्झौतालाई लामो समयसम्म रोकियो भने त्यो अमेरिका होइन, युरोपका लागि राष्ट्रपति बाइडेनले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो आर्थिक ‘मुभ’ हुनेछ। युरोपले आफ्नै खर्चमा अमेरिकी रणनीतिक महत्त्वाकांक्षाको भारी बोकिरहेको छ।

युरोप आफ्नो विश्वव्यापी प्रभाव अझ बढाउन चाहन्छ। र, विश्व राजनीतिमा सीमान्तकृत हुने जोखिम घटाउन चाहन्छ। त्यसका लागि आफूलाई बलियो बनाउन आवश्यक छ। र, स्थिर विकास हासिल गर्न जरुरी छ। मानवअधिकार मुद्दाको प्रचारले यसमा सहयोग पुर्या‍उँदैन। लामो सांस्कृतिक परम्परायुक्त युरोपको रणनीति आजको जटिल विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रिन सक्षम छ भन्ने विश्वास चीनलाई छ। र, उनीहरूले केही निश्चित कट्टरपन्थी भावनालाई अन्ततः आफ्नो रणनीतिक छनोटमा हावी हुन दिने छैनन् भन्ने विश्वासमा पनि चीन छ।

(ग्लोबल टाइम्सको सम्पादकीय)
 

प्रकाशित मिति: ०६:१९ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्