अष्ट्रेलियामा रहेका राजु अर्यालको कोसेली ‘फूल काँडा’ (भिडियो)
काठमाडौं, जेठ १२ : लामो समयसम्म नेपालमा कलाकारिता र सञ्चार क्षेत्रमा आवद्ध रहेर हाल अष्ट्रेलियामा रहेका राजु अर्यालको निर्देशनमा ‘फूल काँडा’ बोलको गीतको...
काठमाडौं, जेठ १२ : लामो समयसम्म नेपालमा कलाकारिता र सञ्चार क्षेत्रमा आवद्ध रहेर हाल अष्ट्रेलियामा रहेका राजु अर्यालको निर्देशनमा ‘फूल काँडा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
निर्देशक अर्यालकै शब्द रहेको गीतमा पछिलो समय चर्चामा रहेकी गायिका एलिना चौहान र मानस राजले स्वर दिएका छन् । सुरज पौडेल, आना ढकाल, उत्सव भट्टराई र राजन कुँवरले भिडियोमा अभिनय गरेका छन् ।
जितेन न्यौपाने र सागर तामाङले अष्ट्रेलियाका कलाकार सँगै अष्ट्रेलियाका विभिन्न ठाउँलाई क्यामेरा मार्फत उत्कृष्ट कैद गरेका छन् ।
प्रकाशित मिति: १९:५० बजे, बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार