Kathmandu Press

एकता र सहकार्य नै महामारी अन्त्यको अस्त्रः चीन

१ मे २०२० मा ७३औँ विश्व स्वास्थ्य सम्मेलन उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न चीनको पाँच प्रमुख प्रस्ताव...
एकता र सहकार्य नै महामारी अन्त्यको अस्त्रः चीन
Hardik ivfHardik ivf

१ मे २०२० मा ७३औँ विश्व स्वास्थ्य सम्मेलन उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न चीनको पाँच प्रमुख प्रस्ताव अगाडि सारेका थिए। राष्ट्रपति सीले विश्व समुदायलाई एकतामा आउन र स्वास्थ्यको विश्वव्यापी समुदाय विकासका लागि एकजुट भएर काम गर्न आह्वान गरेका थिए।

उनको आह्वानले कोरोना भाइरसमाथि अन्तिम विजय हासिल गर्न विश्वको आत्मविश्वासलाई प्रबल बनाएको र विश्वव्यापी महामारीविरुद्ध लड्न सहयोगका हात बढाउन महत्त्वपूर्ण सकारात्मक प्रभाव पारेको थियो।

गत एक वर्ष चीनले मानव जातिको साझा भविष्य निर्माणको सिद्धान्तप्रति प्रतिबद्धता जनाउनुका साथै सक्रिय पहल ग¥यो। एकता र सहयोग बढाउन अनि सबैका लागि स्वास्थ्यको एक विश्वव्यापी समुदाय विकास गर्नु नै उपयुक्त मार्ग भएकामा चीन स्पष्ट छ। त्यसबाट कोभिड–१९ लाई परारस्त गर्न सकिन्छ भन्ने यसबीचमा भएका अभ्यासहरूबाट प्रमाणित भएको छ।

७३औँ विश्व स्वास्थ्य सम्मेलन त्यस्तो बेलामा आयोजना गरिएको थियो, जतिबेला कोरोनाविरुद्ध मानव जातिको लडाइँ एक जटिल मोडमा थियो। त्यतिबेला केही पश्चिमा मुलुक भाइरसको राजनीतिकरणमा व्यस्त थिए र अरू मुलुकलार्ई आरोपित गरिरहेका थिए। ती मुलुकले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई गैरजिम्मेवारपूर्ण तरिकाले दोषारोपण गरिरहेका थिए। अनि कोभिड–१९ विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहयोग कमजोर पार्ने प्रयत्नमा थिए।

सम्मेलनमा राष्ट्रपति सीले कोभिड–१९ नियन्त्रण र उपचारका लागी सबै सम्भाव्य प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए। सीले डब्लूएचओले विश्वव्यापी प्रतिक्रियाको नेतृत्व गर्नुपर्ने र अफ्रिका महाद्विपका मुलुकका लागि बढी सहयोग प्रदान गर्नुपर्ने बताएका थिए। उनले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा विश्वव्यापी व्यवस्थाको सुदृढीकरण, आर्थिक र सामाजिक विकासको पुनःस्थापना र अन्तर्राष्ट्रिय सहयोगलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

सम्मेलनमा राष्ट्रपति सीले महामारी नियन्त्रणका अनुभव साट्दै चीनले संयुक्त ताकतका साथ महामारी नियन्त्रणमा लागिपर्नुपर्ने कुरामा जोड दिएका थिए। वर्षदिनमा सबैका लागि स्वास्थ्यको विश्वव्यापी पहलमा उल्लेख्य सफलता हात लागेको छ।

इजिप्टका भाइरोलोजिस्ट म्याग्डी बाड्रनले सबैका लागि स्वास्थ्यको विश्वव्यापी समुदाय विकास गर्ने चिनियाँ प्रस्तावले कोभिड–१९ विरुद्धको लडाइँमा आफ्नो महत्त्व स्थापित गरेको बताएका छन्।

चीनको हौसलाले भाइरसमाथि विजय हासिल गर्न विश्वमा बलियो आत्मविश्वास जागृत गरिरहेको छ। चीन पहिलो देश हो, जसले कोभिड–१९ विरुद्धको खोपलाई विश्वव्यापी सार्वजनिक उत्पादन र वास्तविक बनाउने प्रतिज्ञा गरेको छ। यसले अन्य जी–२० (१९ वटा मुलुक र युरोपियन युनियनका सरकार र केन्द्रीय बैंकका लागि बनाइएको अन्तर्राष्ट्रिय संगठन) राष्ट्रसँग मिली सबैभन्दा गरिब देशमा ऋण निलम्बन सेवा पहलमा कोसेढुंगाको काम गरेको छ। चीनको सहयोगमा अफ्रिकास्थित सेन्टर्स फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) मुख्यालयले पनि काम थालिसकेको छ।

महामारी नियन्त्रणमा विश्वव्यापी प्रयासलाई प्रभावकारी सहयोग पु¥याएको चीनको कार्यप्रति सम्बन्धित पक्षहरूबाट सकारात्मक मूल्यांकन भएको छ। चीनले सयभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरूलाई खोप प्रदान गरेको छ भने इजिप्ट र संयुक्त अरब इमिरेट्ससहित १० भन्दा बढी विकासशील मुलुकसँग प्रविधि हस्तान्तरण र उत्पादन सहयोग सञ्चालनमा छ।

कोभिड–१९ चीनमा उत्पादित सिनोफार्म खोप हालै डब्लूएचओद्वारा आपतकालीन प्रयोगका लागी स्वीकृत भएको छ। र, चाँडै कोभिड–१९ खोपको विश्वव्यापी पहुँच (कोभ्याक्स) मा समावेश हुँदैछ। ‘धेरै मुलुकका लागि चिनियाँ खोप मात्र पहुँचयोग्य थियो,’ नेचर म्यागेजिनले लेखेको छ।

विश्वव्यापाी महामारीविरुद्ध एकता र सहकार्य जारी छ। हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ३३ लाख १२ हजार चार सय २९ छ भने मृतक ३३ लाख ८६ हजार आठ सय २५ जना पुगेका छन्। केही मुलुक महामारीविरुद्ध ‘लामो युद्ध’मा छन्।

त्यसका बावजुद केही मुलुकले खोप राष्ट्रियता र खोपको सञ्चितीमा जोड दिइरहेका छन्। त्यसबाट महामारी नियन्त्रणमा गम्भीर जोखिम निम्त्याउँछ। डब्लूएचओका महानिर्देशक टेड्रस अदानम गेब्रेयेससले हालै महामारी अन्त्य गर्न विश्वव्यापी सहयोगको विकल्प नरहेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सीले पनि भनेका छन्, ‘मानव जातिले एक साझा भविष्य साटासाट गर्नुपर्छ। हाम्रा लागि एकता र सहकार्य नै कोरोना भाइरसमाथि विजय हासिल गर्ने सबैभन्दा शक्तिशाली हतियार हो।’

७४ औँ विश्व स्वास्थ्य सम्मेलन नजिकिँदै गर्दा सरोकारका पक्ष विश्वव्यापी सहयोगमा सामेल हुनेछन् र सबै मुलुकका नागरिकको जीवन र स्वास्थ्यको सुरक्षा गर्न मिलेर सहकार्य गर्नेछन्। चीनले जहिले पनि अन्य मुलुकसँग इमानदारीपूर्वक सहकार्यमा जोड दिँदै आएको छ।

(पिपल्स डेली डट सीएनबाट)
 

प्रकाशित मिति: ०६:२१ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्