Kathmandu Press

प्यालिस्टिनी नागरिकमाथि उपनिवेशवाद र रंगभेद

भेदभावका अनेक शैलीले प्यालेस्टिनी नागरिकको जीवन नियन्त्रित गर्दै आएको छ। उनीहरूमाथि दैनिक हिंसा भइरहेको छ।
प्यालिस्टिनी नागरिकमाथि उपनिवेशवाद र रंगभेद

पूर्वी जेरुसलेमको शेख जर्रानजिकको इलाकामा एक बालकको आँखामा रबरको गोलीले छेड्यो। जब एक महिलालाई फोहोर पानीमा डुबाइयो, यस्तो फोहोर पानी, जसबाट रसायनको मिश्रणसहितको ढल मिसिएको थियो। पछिल्ला दिनमा प्यालेस्टाइनमा भएका हिंसाका उदाहरण हुन् यी। प्यालेस्टाइनी नागरिकले इजरायलबाट भोगिरहेका यस्तो उत्पीडनको कुनै सीमा छैन।

भेदभावका यस्ता शैलीले प्यालेस्टिनी नागरिकको जीवन नियन्त्रित गर्दै आएको छ। उनीहरूमाथि दैनिक हिंसा भइरहेको छ। उनीहरूलाई ‘डक्टर्स विदाउट बोडर्स’जस्ता मानवीय सहायता संस्थाहरूको सहयोग आवश्यक छ।

‘डक्टर्स विदाउट बोडर्स’ बाहिरी घाउ सफा गर्छ, कोभिड–१९ का बिरामीको उपचार गर्छ, मानसिक स्वास्थ्य सेवा प्रदान गर्छ वा अस्पतालका आकस्मिक कक्षमा ट्रमाको उपचार गर्छ। हामी राजनीतिक शून्यतामा बिरामीको उपचार गरिरहेका छैनौँ। हामीसँगै बसिरहेको उपनिवेश र रंगभेदबाट उत्पन्न परिणामको उपचार हामीसँग छैन, किनकि यसको मेडिकल इलाज हुँदैन।

उपनिवेशवादले प्यालिस्टिनी नागरिकलाई बसोबास गरिरहेको इलाकाबाट विस्थापित हुनु परेको छ। वेस्ट ब्यांकमा इजरायली बस्ती तीव्र विस्तार भएको छ। यो इतिहासमै सबैभन्दा लामो समयदेखि युद्धग्रस्त क्षेत्र बनेको छ। ७० वर्षदेखि वेस्ट ब्यांकमा युद्ध चलिरहेको छ। यो उपनिवेशवादले नागरिकलाई त्यता स्थानान्तरण गर्छ, जहाँ आफैँले कब्जा जमाएको हुन्छ। यो प्रक्रिया सन् १९४८ देखि प्यालेस्टाइनमा चल्दै आएको छ। शेख जर्रा नजिकको भूमि त्यसको पछिल्लो उदाहरण हो।

प्यालेस्टाइनी नागरिकलाई जबर्जस्ती विस्थापित गरिन्छ। र, उनीहरूलाई त्यस्ता नियममा बाँधिन्छ, जसले आधिपत्य स्वीकार्न बाध्य पार्छ। प्यालेस्टाइनी नागरिकको जीवनलाई नियन्त्रण गर्ने दमनकारी नियमहरू उनीहरूका छिमेकीलाई लागू हुँदैन। यो आधुनिक संसारमा भइरहेको रंगभेद हो।

‘डक्टर्स विदाउट बोडर्स’जस्ता संस्थाहरूलाई मानवीय संकटका जडहरूको समाधान गर्न सहज छैन। यस्ता संगठन गैरसरकारी संस्थाहरूका एम्बुलेन्सजस्ता मात्र बनेका छन्। यसले हामीलाई शासकवर्गलाई समृद्ध बनाउनका लागि तयार पारिएका सामाजिक–आर्थिक र राजनीतिक परिस्थितिहरूका साथ व्यवहार गर्न अनुपयुक्त बनाउँछ। तर, यो एम्बुलेन्सको माध्यमबाटै उपनिवेशवाद र रंगभेदले हाम्रा बिरामीहरूको स्वास्थ्यमा कसरी प्रभाव पार्छ र हाम्रो कामको आवश्यकता बढाउँछ भन्ने प्रष्टिन्छ।

केही महिनाअघि ‘डक्टर्स विदाउट बोडर्स’का टोलीले इजरायलका नागरिकलाई धमाधम कोरोना खोप लगाए। जब कि, इजरायल अधिनस्थ क्षेत्रमा बसोबास गर्ने प्यालेस्टाइनी नागरिकलाई जानाजान बहिष्कार गरियो।

रंगभेदको अपराधलाई ‘कुनै जातीय समूहले अर्को जातीय समूहमाथि वर्चस्व कायम गर्न र व्यवस्थित रूपमा उत्पीडन गर्ने उद्देश्यले हुने अमानवीय कार्य र दमन’का रूपमा परिभाषित गरिएको छ। इजरायल आजको दिनमा जोर्डन नदीदेसिख भूमध्यसागरसम्म एकल शासकीय शक्ति हो। र, त्यस क्षेत्रमा बसोबास गर्ने प्यालिस्टिनी नागरिकहरूमाथि नियन्त्रण गर्ने मुख्य शक्ति पनि हो। प्यालस्टिनी नागरिकप्रति इजरायलको दृष्टि नै रंगभेदी छ। र, त्यही नीतिले प्यालिस्टिनीहरूमाथि अत्याचार भइरहेको छ।

प्यालेस्टाइनीहरूले ‘इजरायली मात्र’ लेखिएका सडकमा यात्रा गर्न पाउँदैनन्। र, अनुमतिबिना केही चेक पोइन्ट पार गर्न प्रतिबन्ध लगाइएको छ। हतियार लिएर घुम्ने इजरायलीलाई खुला आउजाउ गर्न दिइन्छ, प्यालिस्टिनीहरूमाथि बर्बर दमन गरिन्छ।

(अल जजिराबाट)
 

प्रकाशित मिति: ०६:४२ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्