Kathmandu Press

खिमलाललाई मत दिन माओवादी केन्द्रको आह्वान

काठमाडौं, जेठ ३ : अब तीन दिन अर्थात् जेठ ६ गते वागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। त्यस पदका लागि नेकपा...
खिमलाललाई मत दिन माओवादी केन्द्रको आह्वान
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३ : अब तीन दिन अर्थात् जेठ ६ गते वागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। त्यस पदका लागि नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रूपमा डा. खिमलाल देवकोटालाई अघि सारिएको छ।

देवकोटा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेका माधवकुमार नेपाल समूहको साझा उम्मेद्वार बनाइएका हुन्। पार्टीको आन्तरिक विवाद समाधान गर्न संस्थापन पक्षसँग संवाद चलिरहेको बेला नेपाल समूहले भने कस्तो निर्णय लिन्छ भन्ने अहिले चर्चामा छ।

तर उक्त निर्वाचनमा माओवादी केन्द्रले भने देवकोटालाई नै मतदान गर्ने भएको छ। सोमबार माओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटा मत दिन आह्वान गरेका छन्।

‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले वागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वाग्मती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ।’

विज्ञप्तिमा एमालेबाट उम्मेदवार बनेका बादललाई प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको आरोप लगाइएको छ।

प्रकाशित मिति: १७:४३ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्