Kathmandu Press

घरेलु अभावकै बीच भारतले नेपाल पठायो आठ ट्यांकर लिक्विड अक्सिजन (तस्बिरहरू)

नेपालका कोरोना संक्रमितलाई अत्यावश्यक अक्सिजन अभाव हुन नदिन भारतबाट लिक्विड अक्सिजन आयात हुन थालेको छ। घरेलु प्रयोजनमा अभावकै बीच भारतले नेपालमा लिक्विड अक्सिजन नेपाल पठाएको हो
घरेलु अभावकै बीच भारतले नेपाल पठायो आठ ट्यांकर लिक्विड अक्सिजन (तस्बिरहरू)

काठमाडौं, जेठ ३ : नेपालका कोरोना संक्रमितलाई अत्यावश्यक अक्सिजन अभाव हुन नदिन भारतबाट लिक्विड अक्सिजन आयात हुन थालेको छ। घरेलु प्रयोजनमा अभावकै बीच भारतले नेपालमा लिक्विड अक्सिजन नेपाल पठाएको हो।

भारतीय दूतावासका अनुसार अहिले झारखण्डस्थित अक्सिजन प्लान्टबाट लिक्विड अक्सिजन नेपाल आयात भइरहेको छ।

हालसम्म वीरगञ्जबाट चार, भैरहवाबाट दुई र नेपालगञ्जबाट दुई ट्यांकर लिक्विड अक्सिजन नेपाल भित्रिएको छ। भन्सार स्रोतका अनुसार सोमबार राति थप एक ट्यांकर लिक्विड अक्सिजन वीरगञ्जबाट नेपाल ल्याइँदैछ।

Hardik ivf

भारततर्फ अक्सिजन अभाव चरम अवस्थामा रहँदा भैरहवाबाट भित्रिँदै गरेको एक ट्यांकर लिक्विड अक्सिजन भारततर्फ सुनौलीमै स्थानीय बासिन्दाले रोकेका थिए। पछिल्ला दिनमा भने आपूर्ति सहज हुँदै गएपछि निर्वाध नेपाल आइरहेका छन्।

भारतीय दूतावासका अनुसार एक टन लिक्विड अक्सिजनबाट करिब एक सयवटा सिलिन्डर भरिन्छन्। १५ टनको एउटा ट्यांकरबाट एक हजार पाँच सयवटा सिलिन्डर भरिन्छन्। ‘केही दिनभित्रै अक्सिजन बोकेर आउने ट्यांकरको संख्या बढाउँदैछौँ,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले काठमाडौं प्रेससँग भने।

 

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, जेठ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्