Kathmandu Press

मंगलबारदेखि बनेपा नगरपालिका पूर्ण रुपमा सिल

काठमाडौं, जेठ ३ :  भोलि (मंगलबार) देखि बनेपा नगरपालिका पूर्ण रुपमा सिल हुने भएको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले जेठ ४...
मंगलबारदेखि बनेपा नगरपालिका पूर्ण रुपमा सिल

काठमाडौं, जेठ ३ :  भोलि (मंगलबार) देखि बनेपा नगरपालिका पूर्ण रुपमा सिल हुने भएको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले जेठ ४ गते (मंगलबार) राती १२ बजेदेखि जेठ १२ गते (बुधबार) राति १२ बजेसम्मका लागि सिल गरिने जानकारी दिएको हो।

कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै संक्रमणको शृङ्खला तोड्न उक्त निर्णय लिइएको नगरपालिकाले जनाएको छ। सिल गरिएको अवधिभर औषधि पसल र अस्पतालबाहेक खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल फलफुल पसललगायत बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान हुने सेवाहरू समेत पूर्ण रुपमा बन्द गरिनेछ। 

Hardik ivf

यस्तै व्यवस्थापन, टेलिफोन, इन्टरनेट तथा विद्युतको सेवा दिने संस्थाहरूले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पालना गरी सेवा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ। 

साथै अत्यावश्यक काम विषेशले कुनै पनि व्यक्तिले स्थानीय प्रशासन वा जनप्रतिनिधिहरूलाई जानकारी गराएर बाहेक कोही पनि घरबाट निस्कन नपाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, जेठ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्