पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, जेठ २ : नेपाल आयल निगमले आइतवार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।
अब प्रतिलिटर पेट्रोल एक सय २३, डिजल र मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।
प्रकाशित मिति: २१:२२ बजे, आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार