Kathmandu Press

नुवाकोट कांग्रेसद्धारा कोभिड बिरामी र स्वास्थ्यकर्मीलाई निः शुल्क खानाको व्यबस्था 

नुवाकोट कांग्रेसद्धारा कोभिड बिरामी र स्वास्थ्यकर्मीलाई निः शुल्क खानाको व्यबस्था 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २ : नेपाली कांग्रेस नुवाकोटको समन्वयमा काठमाडौंस्थित शिक्षण अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा रहेका कोरोना संक्रमित र स्वास्थ्यकर्मीलाई निः शुल्क खानाको व्यवस्थापन गरिएको छ ।

यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट र नेपाली कांग्रेस नुवाकोटको समन्वयमा शिक्षण अस्पताल महाराजगंज र नुवाकोट त्रिशूली अस्पतालमा कोभिडका बिरामीलाई र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि आजबाट नियमित रूपमा अस्पतालमै खानाको व्यवस्था गरिएको नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले जानकारी दिए ।

नुवाकोटको त्रिशूली अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा परेको समस्यालाई दृष्टिगत गरेर अस्पतालमै खानाको व्यवस्था गरिएको केसीले जानकारी दिए । अस्पतालभित्रै रहेको क्यान्टिनमा पौष्टिक खानाको व्यवस्थापन मिलाइएको र त्यसवापत साप्ताहिक रूपमा खर्च उपलब्ध गराइने छ।

यसअघि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यलयलाई आइसोलेसन वार्ड बनाउने निर्णय यसअघि नै गरिसकेको छ । 

प्रकाशित मिति: १९:१८ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्