Kathmandu Press

बिरामीका आफन्तलाई अक्सिजन खोज्नू नभन्न स्वास्थ्य मन्त्रालयको आग्रह

बिरामीका आफन्तलाई अक्सिजन खोज्नू नभन्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, जेठ २ : कोरोना महामारीको दोस्रो लहरसँगै पछिल्लो समय मुलुकमा अक्सिजनको अभावले विभिन्न समस्या निम्त्याएको छ।

अक्सिजन उपलब्ध गराउन नसकेपछि केही अस्पतालहरूले बिरामीलाई नै अक्सिजन खोज्न आग्रह गरेका छन्।

Hardik ivf

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुकै दायित्वमा पर्निे बताएका छन्।

उनले अस्पताल, चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तले अक्सिजन खोजेर ल्याउनुपर्ने स्थिति नबनाउन अनुरोध गरेका हुन्।

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, जेठ २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्