Kathmandu Press

विराटनगरमा कोरोना संक्रमणका कारण १२ को मृत्यु

विराराटनगर, जेठ २ : विराराटनगरका विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ जना कोरोना संक्रममितको आइतबार मृत्यु भएको छ। शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहानसम्म...
विराटनगरमा कोरोना संक्रमणका कारण १२ को मृत्यु

विराराटनगर, जेठ २ : विराराटनगरका विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ जना कोरोना संक्रममितको आइतबार मृत्यु भएको छ। शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहानसम्म विराटनगरका नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा १२ जनाको मृत्यु भएको हो ।

ती मध्ये नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

Hardik ivf

नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया महिला, विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर–४ का ५२ वर्षीय पुरुष, सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया महिला, सिरहाका ६९ र ६२ वर्षीय पुरुष छन्।

कोशी अस्पतालमा मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुष, विराटनगर–१ की ३४ वर्षीया महिला र विराटनगर–१४ का ६८ वर्षीय पुरुष छन्। । यस्तै, विराट मेडिकल कलेजमा इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, जेठ २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्