महन्थ ठाकुरका पक्षमा जसपाका १३ सांसद मात्र
जसपा अध्यक्ष महन्थ ठाकुरका पक्षमा १३ सांसद मात्र देखिएका छन् । उनले आफू पक्षका सांसदलाई भक्तपुरस्थित एक रिसोर्टमा पुर्याएर राखेका छन् ।
काठमाडौं, वैशाख ३० : जसपा अध्यक्ष महन्थ ठाकुरका पक्षमा १३ सांसद मात्र देखिएका छन् । उनले आफू पक्षका सांसदलाई भक्तपुरस्थित एक रिसोर्टमा पुर्याएर राखेका छन् ।
बबरमहलस्थित पार्टी कार्यालयमा जम्मा पारेर बिहीबार दिउँसो उनले १३ सांसदलाई रिसोर्टमा पुर्याएका हुन् । कुन रिसोर्ट भन्ने खुलाइएको छैन ।
जसपा वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेको स्रोतले जनाएको छ । पार्टी संसदीय दलमा पनि ठाकुरको बहुमत नरहेको स्पष्ट भएको छ ।
पार्टी केन्द्रीय कार्यकारिणी समितिमा पनि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको बहुमत छ । संसदीय दलमा पनि सोही समूहको बहुमत देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवको दाबी अस्वीकार गर्न आग्रह गरेर उनले आफू पक्षमा सांसदलाई एक ठाउँमा जम्मा पारेका हुन् ।
प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार