Kathmandu Press

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं, वैशाख ३० : नेपाली राष्ट्रिष्य फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु भएको छ। विश्वकप छनोट र कतारसँगको मैत्रीपूर्ण खेलको तयारीका लागि प्रशिक्षक...
राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं, वैशाख ३० : नेपाली राष्ट्रिष्य फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु भएको छ। विश्वकप छनोट र कतारसँगको मैत्रीपूर्ण खेलको तयारीका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबारबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेका हुन्।

बन्द प्रशिक्षणमा नेपाल सुपर लिगबाट बाहिरिहएका टिमका खेलाडी सहभागी छन् । प्रशिक्षक अब्दुल्लाहले बिहान र दिउँसो दुई सिफ्टमा टिम अभ्यास गराउने छन् ।

Hardik ivf

नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएको केही दिनपछि नै अलमुताइरीले बन्द प्रशिणका लागि ३२ खेलाडीलाई बोलाएका थिए । जसमा पहिलो पटक मनिष डाँगी र स्यान्सु भुसाल पनि परेका थिए।

नेपाल सुपर लिगको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका बोलाइएको खेलाडीको नाममा थपघट हुन सक्ने बताइएको छ। चैत १ गते नेपाल सुपर लिग सकिएपछि बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम सर्वाजनिक गरिने एन्फाले जनाएको छ।

नेपालले कतारसँग उसकै मैदानमा मे २९मा मैत्रीपूर्ण खेल खेल्ने छ।  नेपालले मे ३१ देखि जुन १५ भित्रमा विश्वकप छनोटमा अस्ट्रेलियान, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्दैछ ।

प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणाका लागि बोलाएको ३२ सदस्यीय टिममा किरण लिम्बु, विकेश कुथु, दीप कार्की र विशाल सुनार गोलकिपरका रुपमा रहेका छन् । यस्तै, डिफेन्डरमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ छन् भने दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ र विकास खवास पनि छन्।

यस्तै, टिममा मिडफिल्डरका रुपमा त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट र सुमन लामा छन्। दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल र नवयुग श्रेष्ठ स्ट्राइकरमा रुपमा रहने छन्।

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, वैशाख ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्