एमालेले फिर्ता लियो माधव नेपालसहित चार जना नेतामाथिको कारबाही
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिएको हो ।काठमाडौं, वैशाख ३० : नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित : भीम रावलशनिबार, वैशाख ८, २०८१
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीकाे मागशनिबार, वैशाख ८, २०८१
यो सरकार आउँदो माघसम्म पनि टिक्दैन : गगन थापाशनिबार, वैशाख ८, २०८१
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’शनिबार, वैशाख ८, २०८१