Kathmandu Press

नेपाल सुपर लिग : अञ्जनको निर्णायक गोलमा ललितपुर क्वालिफायरमा

काठमाडौं, वैशाख २९ : कप्तान अञ्जन विष्टले गरेको एकमात्र गोल मद्दतमा एलिमिनटरमा जित निकाल्दै ललितपुर सिटी एफसी क्वालिफायरमा पुगेको छ ।बुधबार साँझ दशरथ...
नेपाल सुपर लिग : अञ्जनको निर्णायक गोलमा ललितपुर क्वालिफायरमा

काठमाडौं, वैशाख २९ : कप्तान अञ्जन विष्टले गरेको एकमात्र गोल मद्दतमा एलिमिनटरमा जित निकाल्दै ललितपुर सिटी एफसी क्वालिफायरमा पुगेको छ ।

बुधबार साँझ दशरथ रंगशालामा भएको अञ्जनको गोल मद्दतमा बुटबल लुम्बिनी एफसीलाई १–०ले पराजित गर्दै ललितपुरले काठमडौं रेजर्ससँगको क्वालिफायर भेट पक्का गरेको छ।

लतिलुर र काठमाडौंबीचको क्वालिफायर खेल बिहीबार नै हुने छ। कोरोना महामरीका कारण सरकारले लिग जेठ १ गते नै सक्न निर्देशन दिएपछि ललितपुरले क्लालिफायर खेल्ने रेस्ट नपाएको हो। पहिलो क्वालिफायरमा धनगढी एफसीसँग २–१ले पराजित भएपछि काठमाडौंले फाइनल प्रवेशका लागि दास्रो क्वालिफायर खेल्न लागेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टिम राम्रा अवसर सिर्जना गरे, तर त्यसलाई गोलमा परिणत गर्न भने सकेनन्।

६१औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । मिक्छेन तामाङको क्रसमा उनले डाइभ हेडिङ गर्दै गोल गरेका थिए । 

एक गोलले पछि परेपछि बुटबलले आक्रामक खेल खेलेको थियो । उसले गोलका थुप्रै अवसर पनि बनायो । तर, केहीमा उसका खेलाडी फिनिसिङमा चुके भने केही उत्कृष्ट प्रहारमा ललितपुरका किपर अर्पण कार्की बाधक बने।

ललितपुरका गोलकिपर अर्पण कार्की प्लेयर अफ दि म्याच चुनिए भन ललितपुरकै मिक्छेन तामाङ इमर्जिङ प्लेयर अफ दि म्याच भए ।

प्रकाशित मिति: २०:५५ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्