Kathmandu Press

ला लिगा : घरेलु मैदानमा सेभिल्लासँग बराबरीमा रोकियो रियल

काठमाडौ, वैशाख २७ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको...
ला लिगा : घरेलु मैदानमा सेभिल्लासँग बराबरीमा रोकियो रियल
Hardik ivfHardik ivf

काठमाडौ, वैशाख २७ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको हो । सेभिल्लाले २२औँ मिनेटमा रिगेसको गोलबाट अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा अंक बाढ्नु परेको हो । ६७औँ मिनेटमा गोल गर्दै मार्को एसेन्सिओले रियललाई बराबरीमा ल्याए । त्यसको ११ मिनेटपछि सेभिल्लाले फेरि अग्रता लियो ।

७८औँ मिनेटमा रेकिटिकले पेनाल्टीमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । इन्जुरी समयको इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाए । बराबरीसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ३५ खेलबाट ७७ तथा दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाको समान ७५ अंक रहेको छ । चौथो स्थानको सेभिल्लाको ७१ अंक छ ।

प्रकाशित मिति: ०७:०८ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्