ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिकोले बराबरी खेले 

काठमाडौं, वैशाख २६ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा शीर्ष स्थानको एट्लेटिकोसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ ।

शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ७५ अंक छ ।

 Published Date: Sunday, 9th May 2021 6:50:00 am