Kathmandu Press

जितसँगै पोखराको प्लेअफ आशा जीवितै, चितवन बाहिरियो

काठमाडौं, वैशाख २४ : नेपाल सुपर लिगको लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा थन्डर्सले रोमाञ्चक जित निकालेको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा...
जितसँगै पोखराको प्लेअफ आशा जीवितै, चितवन बाहिरियो

काठमाडौं, वैशाख २४ : नेपाल सुपर लिगको लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा थन्डर्सले रोमाञ्चक जित निकालेको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनविरुद्ध अन्तिम १० मिनेटमा २ गोल गर्दै पोखराले रोमाञ्चक जित निकालेको हो।

यो जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ भने पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको छ। जितपिछि पोखराको ८ अंक भएको छ भने अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार हुने दोस्रो खेलमा धनगढी एफसीसँग बुटबल लुम्बिनी एफसी पराजित भए वा बराबरीमा रोकिए पोखरा प्लेअफ पुग्नेछ।

Hardik ivf

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो। पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले गोल गरे भने चितवनका शिशिर लेखीले गोल गरेका थिए। 

खेलको सुरुआती अग्रता चितवनले लियो। ७२औं मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाए। 

खेलको ८२औं मिनेटमा चितवन १० खेलाडीमा समेटियो। त्यो नै खेलको टर्निङ प्वाइन्ट रह्यो। गोलकिपर विशाल सुनारले डिबक्स बाहिर हातले बोल छोएपछि उनले  रातो कार्ड पाए भने पोखराले फ्रिकिक पायो। सोही फ्रिकिकमा नवयुग श्रेष्ठले गोल गर्दै पोखरालाई खेलामा फर्काए। 

खेलको इन्जुरी समयको पाँचौं मिनेटमा रिमगागोले गोल गर्दै पोखरालाई २–१ को महत्वपूर्ण जित दिलाए। उनले रबि पासवानको पासमा उत्कृष्ट गोल गरेका थिए।

खेलमा पोखराका रवि पासवान प्लेयर अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयर अफ दि म्याच  चितवनका शिशिर लेखी भए।

प्रकाशित मिति: २०:५४ बजे, शुक्रबार, वैशाख २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्