Kathmandu Press

डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले २७ स्रष्टालाई सम्मान गर्ने

काठमाडौं, वैशाख २२ : डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले २७ स्रष्टाई सम्मान गर्ने भएको छ। प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा योगदान...
डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले २७ स्रष्टालाई सम्मान गर्ने

काठमाडौं, वैशाख २२ : डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले २७ स्रष्टाई सम्मान गर्ने भएको छ। प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने भएको हो।

हरेक वर्ष प्रदान गरिँदै आएको सम्मान गत वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको थियो। त्यसैले यो वर्ष २०७६ र ०७७का एकै पटक सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले सम्मानको घोषणा गरे पनि कोरोनाको जोखिम कम भएपछि कार्यक्रम आयोजना गरी सम्मान प्रदान गरिने जनाएको छ।

Hardik ivf

सम्मानित हुनेहरुमा समाजसेवी शेरबहादुर गुरुङ, साहित्यकार एवम् समाजसेवी वन्दना राणा, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, विवश पोखरेल, युवा कवि तथा पत्रकार प्रकाश समीर, डा. ज्ञानु पाण्डे, डा. बमबहादुर थापा जिताली, जयदेव भट्टराई, महेश पौड्याल, डा. पुष्करराज भट्ट, बालिका गिरी, डा. दामोदर पुडासैनी ‘किशोर’ र पवित्रा घर्तिमगर रहेको छ ।

यस्तै, विमला तुम्खेबा, विजय सागर, शंकर भारती, जलेश्वरी श्रेष्ठ, महादेव अधिकारी (रामजी), मिलन शेरचन, सन्ध्या पहाडी, गीता कार्की, अस्मिता भण्डारी , कल्पना अधिकारी, उषा (मीरा) लोहनी, मञ्जु दहाल खराल, मुस्कान खातुन, सपना रोका मगर छन् ।

 

 

प्रकाशित मिति: २१:०५ बजे, बुधबार, वैशाख २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्