पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा म्यानचेस्टर सिटी
काठमाडौं, वैशाख २२ : पहिलोपटक म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।गएराति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीलाई २–० गोलले...
काठमाडौं, वैशाख २२ : पहिलोपटक म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।
गएराति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीलाई २–० गोलले हराउँदै लिगको फाइनलमा पुगेको हो । सिटीका लागि रियाद महरेजले दुई गोल गरे ।
पहिलो लेगमा २–१ ले विजयी भएको सिटी दोस्रो लेगमा पनि २ गोल गर्दै समग्रमा ४–१ गोलका साथ फाइनलमा पुगेको हो । खेलमा गोल गर्ने केहि उत्कृष्ट मौका पाए पनि पीएसीजीले सदुपयोग गर्न सकेन ।
खेलको अन्तिमतिर डि मारियाले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । सिटीले अब उपाधिको लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग मे २९ तारिखमा खेल्नेछ ।
प्रकाशित मिति: ०६:४० बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार