Kathmandu Press

कोरोना संक्रमणबाट काभ्रेमा सात जनाको मृत्यु

काभ्रे, वैशाख २१ : कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत...
कोरोना संक्रमणबाट काभ्रेमा सात जनाको मृत्यु

काभ्रे, वैशाख २१ : कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ। 

धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ।

Hardik ivf

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय बृद्ध, बनेपाका ४२ वर्षीय युवक र ६२ वर्षीया बृद्धा, पनौती नगरककी ८० वर्षीया बृद्धा, भक्तपुरका ६२ वर्षीया बृद्धा र ६७ वर्षीय बृद्ध तथा महोत्तरीको जलेश्वरकी ५० वर्षीया बृद्धा छन्। मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ। 

कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भएपछि मात्रै अस्पताल आउने गरेकाले मृत्यु हुने गरेको पाइएको छ। धेरैको अस्पताल भर्ना भएकै दिन मृत्यु भइरहेको केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, वैशाख २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्