Kathmandu Press

नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

वैशाख २१ : नेपाल सुपर लिगअन्तर्गत आज  बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ। शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज...
नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा
Hardik ivfHardik ivf

वैशाख २१ : नेपाल सुपर लिगअन्तर्गत आज  बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ। शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ। 

बुटवल लिगको तेस्रो स्थानमा रहेको छ। काठमाडौंविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ। प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अङ्क छ। काठमाडौंसितको खेल जितेमा बुटवल आठ अङ्कका साथ शीर्ष स्थानमा उक्लिने छ । 

जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो। यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो। दोस्रो खेलमा बुटवलले चितवनसँग २–२ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २–२ गोलको बराबरीमा खेल टुङ्ग्याएको थियो।

यसैगरी काठमाडौं रेजर्स दोस्रो जीतको लक्ष्यका साथ आज बुटवलविरुद्ध मैदानमा उत्रिँदैछ। काठमाडौंले हालसम्म तीन खेलमा एउटामा जीत, एउटामा बराबरी तथा एक खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ। पहिलो खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेको थियो। दोस्रो खेलमा काठमाडौं धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौंले पोखरासित बराबरी खेलेको थियो।

बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौं लिगको शीर्ष तीनमा उक्लिनेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच साँझ साढे ५ बजे खेल शुरु हुनेछ। 
 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्