Kathmandu Press

थाहा नगरपालिकामा सर्वदलीय समिति गठन

मकवानपुर, वैशाख २१ : मकवानपुरको थाहा नगरपालिकामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ। नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३...
थाहा नगरपालिकामा सर्वदलीय समिति गठन
Hardik ivf

मकवानपुर, वैशाख २१ : मकवानपुरको थाहा नगरपालिकामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ। नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । 

समितिमा पालुङ जेसिज, पालुङ लाइन्स, रोटरी क्लब र स्थानीय राजनीति दलका प्रतिनिधि सदस्य रहेका छन्। नगरपालिकाको १ देखि १२ वडाका कोभिड–१९ सङ्क्रमित बिरामीको पहिचान र जनचेतना अभियान सञ्चालन गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्ट बताए। सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई नगरपालिकाले प्रोत्साहन भत्ताबापत क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने निर्णय गरेको छ। 

नगरपालिकाको १२ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा सर्वदलीय समिति गठन गरी बिरामीको तथ्याङ्क सङ्कलन गरिने प्रमुख विष्टले जानकारी दिए। नगरपालिकाभित्र सोमबारसम्ममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एकजनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।  
 

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, वैशाख २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्