Kathmandu Press

निषेधाज्ञामा वसन्तपुर दरबार क्षेत्रको दैनिकी (फोटो फिचर)

सधैँ दरबार क्षेत्रकै पाटी पौवामा बस्ने असहाय मानिसहरू त्यतै सुस्ताइरहेको भेटिन्छन् । मानिसको आउजाउ नभएकाले उनीहरू सडक पेटीमा शीतल खोज्दै निदाइरहेको देखिन्छ।
निषेधाज्ञामा वसन्तपुर दरबार क्षेत्रको दैनिकी (फोटो फिचर)
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २० : कोरोना प्रसार रोक्न काठमाडौं प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण वसन्तपुर दरबार क्षेत्र सुनसान छ।

प्रशासनले पुरातात्त्विक महत्त्वको दरबार क्षेत्रमा सिलजस्तै गरेको छ । स्थानीय बासिन्दा टोलबाट बाहिर निस्किन पाएका छैनन्, बाहिरका मानिसलाई आउन निषेध छ।

सधैँ दरबार क्षेत्रकै पाटी पौवामा बस्ने असहाय मानिसहरू त्यतै सुस्ताइरहेको भेटिन्छन् । मानिसको आउजाउ नभएकाले उनीहरू सडक पेटीमा शीतल खोज्दै निदाइरहेको देखिन्छ।

नगरपालिकाले दरबार क्षेत्रमा सरसफाइलाई निरन्तरता दिएको छ । यहीबेला १२ वैशाख ०७२ को भूकम्पका कारण भत्किएका सम्पदाहरूको पुनर्निर्माण पनि जारी छ । त्यसमा खटिएका मजदुर काममै व्यस्त देखिन्छन्।

 

प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्