Kathmandu Press

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शीर्ष स्थानमा

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शीर्ष स्थानमा

काठमाडौं, वैशाख १९ : स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा विजयी पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा लेन्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र मार्क्विन्होसले एक/एक गोल गरे ।

लेन्सका इग्नाटिउस गनागोले एक गोल फर्काए । शीर्ष स्थानमा उक्लिएको पीएसजीले ३५ खेलमा ७५ अंक भएको छ । लेन्स ५६ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्