Kathmandu Press

आज एक सय ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको दोस्रो लहरबाट बालबालिकामा संक्रमण बढी हुन थालेको छ। आज एक सय ९३ बालबालिकामा संक्रमण पुष्टि भएको छ।केही...
आज एक सय ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको दोस्रो लहरबाट बालबालिकामा संक्रमण बढी हुन थालेको छ। आज एक सय ९३ बालबालिकामा संक्रमण पुष्टि भएको छ।

केही दिनयता बालबालिका संक्रमित हुने क्रम बढेको छ। आज १९ वर्षसम्मका एक सय ९३ बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

जसमा ९ वर्षमुनिका ४३ बालबालिका छन्। त्यस्तै, १० देखि १९ वर्षसम्मका एक सय ५० जना छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार सात सय ३६ जनामा संक्रमण देखिएको छ। पीसीआर परीक्षणबाट एक हजार ६ सय ६७ र एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको हो।
 

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, वैशाख ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्