ओलीले स्पष्टीकरण सोधेपछि नेपाल समूहले बोलायो बैठक
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरुको बैठक बोलाएका छन्।प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेपछि नेपालले बैठक...
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरुको बैठक बोलाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेपछि नेपालले बैठक बोलाएका हुन् ।
ओलीले नेपालसहित २७ सांसदलाई मंगलबार स्पष्टीकरण सोधेका थिए । बैठक दिउँसो बानेश्वरको एक होटलमा सुरु हुने बताइएको छ ।
अध्यक्ष ओलीले पार्टी र सरकारविरूद्ध गतिविधि गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन २७ सांसदलाई पत्र पठाएका छन्।
प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार