Kathmandu Press

कुशलले बनाए लगातार तेस्रो अर्धशतक, दीपेन्द्रले पनि बनाए अर्धशतक

काठमाडौं, वैशाख ७ : ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि–२० सिरिजमा लागतार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। त्रिकोणात्मक टि–२० सिरिज मार्फत् नै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका...
कुशलले बनाए लगातार तेस्रो अर्धशतक, दीपेन्द्रले पनि बनाए अर्धशतक

काठमाडौं, वैशाख ७ : ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि–२० सिरिजमा लागतार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। त्रिकोणात्मक टि–२० सिरिज मार्फत् नै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले लागतार तेस्रो खेलमा अर्धशतक प्रहार गरेका छन्।

यही सिरिज मार्फत टि–२० अन्तर्राष्ट्रिय डेब्यूमा गरेका कुशलले लगतार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाए ।

Hardik ivf

मलेसिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा कुशलले १३औं ओभरका अन्तिम बलमा छक्का प्रहार गर्दै कुशलले अर्धशतक प्रहार गरे। उनले लगातार तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

कुशल नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएर आउट भए। उनले ४६ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

यअसघि कुशलले उद्घाटन खेलमा नेदरल्यान्ड्विरुद्ध ६४ र मलेसियाविरुद्ध ६२ रन बनाएका छन्। 

यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् । नेदरल्यान्ड्सविरुद्ध आक्रमक इनिङ गरेका ऐरीले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाएर आउट भए। त्रिकोणात्मक सिरिजमा नेपालको चौथो अर्धशतक हो।

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, वैशाख ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्