असार मसान्तसम्म चार हजार मुद्दा किनारा लगाउने मेलमिलाप आयोगको तयारी
कास्की, वैशाख ६ : असार मसान्तसम्म तीन हजार सात सय ८७ मुद्दा किनारा लगाउने तयारी सत्य निरुपण तथा मेलमिलाप आयोगले गरेको छ। पोखरामा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष गणदत्त भट्टले असार मसान्तसम्म चार हजार मुद्दा किनारा लगाउने तयारी आयोगले गरेको बताए।
उनले २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कुल ६३ हजार ७१८ मुद्दा आयोगमा दर्ता भएको बताए । अध्यक्ष दत्तले कोरोना महामारीले आयोगका काम कारवाहीमा पनि केही न केही असर पारेको स्पष्ट पारे।
आयोगका सदस्य मन दाहालले प्राप्त उजुरीका आधारमा कानून प्रदत्त अधिकारका आधारमा त्यसको छानबिन गर्दै किनारा लगाउनेतर्फ आयोग क्रियाशील रहेको बताए । यस्तै, आयोगका सचिव तोयानाथ अधिकारीले द्वन्द्व पीडितले न्याय पाउने कुरामा आयोग सजग र सचेत उल्लेख गरे।
प्रकाशित मिति: १८:४३ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेलबुधबार, वैशाख १९, २०८१
बजेट अधिवेश वैशाख २५ गते बोलाउने तयारीबुधबार, वैशाख १९, २०८१
‘राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ’बुधबार, वैशाख १९, २०८१
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’बुधबार, वैशाख १९, २०८१