Kathmandu Press

कोरोना फैलिन थालेपछि दिल्लीमा कर्फ्यू

काठमाडौं, वैशाख २ : कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू लगाइएको छ।कोरोनाको चेन ब्रेक गर्न दिल्ली प्रदेश सरकारले कर्फ्यू जारी...
कोरोना फैलिन थालेपछि दिल्लीमा कर्फ्यू

काठमाडौं, वैशाख २ : कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू लगाइएको छ।

कोरोनाको चेन ब्रेक गर्न दिल्ली प्रदेश सरकारले कर्फ्यू जारी गरेको हो। कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कर्फ्यू लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौं,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने।

Hardik ivf

सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रीय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको बताएका छन्। गत बुधबार मात्रै दिल्लीमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका थिए।

सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना सङ्क्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो।  

दिल्लीमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना सङ्क्रमित भएका छन्। ती मध्ये ५० हजार ७३६ सक्रिय संक्रमित रहेका छन्। कोरोनाबाट दिल्लीमा अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ।

भारतमा भने गत २४ घनटामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ।

 

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्