Kathmandu Press

लागु औषधसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

लागु औषधसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, वैशाख २ : पर्साको वीरगञ्जबाट लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ परेका छन्। 

बुधवार राती वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Hardik ivf

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भोलाको साथबाट प्रहरीले डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र सोही परिमाणको नुर्फिन बरामद गरेको छ।  


 

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्