Kathmandu Press

काेसीमा विश्वासको मत लिने कि नलिने भनी मुख्यमन्त्री कार्कीलाई स्वविवेक प्रयाेग गर्ने अधिकार

विश्वासको मत लिने कि नलिने भनी निर्णय गर्न मुख्यमन्त्री कार्कीलाई पर्सि (वैशाख २५ गते) सम्मकाे समय छ।
काेसीमा विश्वासको मत लिने कि नलिने भनी मुख्यमन्त्री कार्कीलाई स्वविवेक प्रयाेग गर्ने अधिकार
Hardik ivf

विराटनगर, वैशाख २३ : काेसी प्रदेशमा विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने अधिकार मुख्यमन्त्री केदार कार्कीलाई नै दिइएको छ। कांग्रेस कोसी प्रदेश संसदीय दलले त्यस्ताे अधिकार दिएपछि कार्कीले स्वविवेक प्रयाेग गर्नुपर्ने भएकाे छ।

विश्वासको मत लिने कि नलिने भनी निर्णय गर्न मुख्यमन्त्री कार्कीलाई पर्सि (वैशाख २५ गते) सम्मकाे समय छ। एमालेले समर्थन फिर्ता लिएकाे र माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाे एक महिना पर्सि पुग्दैछ। समर्थक दल सरकारबाट बाहिरिएकाे अवस्थामा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यसकारणा आइतबार बिहान संसदीय दलको बैठकमा सम्भावित अवस्थाबारे छलफल भएको र विश्वासको मत लिने कि नलिने भन्ने निर्णयकाे जिम्मेवारी मुख्यमन्त्रीलाई नै दिएको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले बताए। मुख्यमन्त्री कार्कीलाई  राजनीतिक कि संवैधानिक जे निर्णय लिए पनि समर्थन गर्ने उनकाे भनाइ थियाे। कांग्रेस नेतृत्वको वर्तमान सरकार जोगाउन उच्चतम प्रयास जारी राख्ने उनले बताए।

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्