Kathmandu Press

भक्तपुरमा सिन्दुर जात्रा (फोटो फिचर)

सिन्दुर जात्रा हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट मनाउने गरिन्छ। बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध छ।
भक्तपुरमा सिन्दुर जात्रा (फोटो फिचर)

भक्तपुर, वैशाख २ : भक्तपुरको मध्यपुर थिमिमा बिहीबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा मनाएका छन। सिन्दुर जात्रा हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट मनाउने गरिन्छ। बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध छ।

मध्यपुर ठिमीबासीहरुले एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाए। जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए। एक आपसमा छ्यापिएको सिन्दुरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो । सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो।

थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ। थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।

Hardik ivf

प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, वैशाख २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्