Kathmandu Press

कांग्रेस–एमालेबीचको सहकार्य आजको आवश्यक्ता हो : मन्त्री पाण्डे

‘दुई पार्टी नमिल्दा मुलुकमा अस्थिरता मौलाएको थियो । त्यसैले सहकार्य आवश्यक बन्यो,’ उनले भने, ‘हामी अब २०८४ सालसम्म यही गठबन्धनलाई निरन्तरता दिनेछौं । त्यसपछि एमाले र कांग्रेसबीच स्वच्छ प्रतिस्पर्धा हुनेछ।’
कांग्रेस–एमालेबीचको सहकार्य आजको आवश्यक्ता हो : मन्त्री पाण्डे

काठमाडौं, साउन ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदका दुई ठूला दलहरु कांग्रेस र एमालेबीचको वर्तमान सत्ता सहकार्य आजको आवश्यकता भएको बताएका छन्। 

‘विपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै उनले सरकार निर्माणको पृष्ठभूमिमा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनुमा आवश्यकताबाट उत्पन्न भएको बताए।

Hardik ivf

‘दुई पार्टी नमिल्दा मुलुकमा अस्थिरता मौलाएको थियो । त्यसैले सहकार्य आवश्यक बन्यो,’ उनले भने, ‘हामी अब २०८४ सालसम्म यही गठबन्धनलाई निरन्तरता दिनेछौं । त्यसपछि एमाले र कांग्रेसबीच स्वच्छ प्रतिस्पर्धा हुनेछ।’

मन्त्री पाण्डेले आगामी निर्वाचनमा दुबै पार्टीका मन्त्रीहरूले गरेका कामको मूल्याङ्कनका आधारमा प्रतिस्पर्धा हुने स्पष्ट पारे।

यस्तै, कार्यक्रममा उनले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारे।

‘विपी कोइराला त्यस्तो व्यक्ति हुन्, जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको नेतृत्व गर्नुभयो। उहाँले रोपेको लोकतन्त्रको बीउका कारण आज हामीले विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्न सफल भएका छौं,’ उनले भने, ‘उहाँको परिकल्पना भनेको समृद्ध राष्ट्र बनाउने, असमानता हटाउने र नागरिकका अधिकार सुनिश्चित गर्ने हो।’
 

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्